राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिहरूको नैतिक आचरण र विगतलाई लिएर कडा सर्तहरू अघि सारेको छ।
पार्टीको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुसार आकांक्षीहरूले कानुनी योग्यताका अतिरिक्त आफ्नो वित्तीय तथा नैतिक आचरणबारे अनिवार्य रूपमा कडा स्वघोषणा पेस गर्नुपर्नेछ।
रूपरेखामा व्यवस्था गरिएअनुसार कुनै पनि व्यक्ति उम्मेदवार बन्नका लागि आफू मिटरब्याज, सट्टेबाजी, सहकारी बचत अपचलन, घरेलु हिंसा र साइबर बुलिङ जस्ता कुनै पनि गैरकानुनी तथा अनैतिक गतिविधिमा संलग्न नभएको प्रमाणित गर्नुपर्नेछ।
यसका साथै, स्थानीय तहका ठेक्कापट्टा वा अन्य व्यवसायमा प्रत्यक्ष संलग्न भई स्वार्थ बाझिने अवस्था नरहेको स्पष्ट लिखित स्वघोषणासमेत बुझाउनुपर्नेछ।
सुशासन र पारदर्शिताको नारा दिँदै आएको रास्वपाले उम्मेदवारको पृष्ठभूमि सफा राख्न यो नीति ल्याएको हो। यदि कुनै आकांक्षी वा उम्मेदवारले झुटो विवरण पेस गरी स्वघोषणा गरेको पाइएमा जुनसुकै बेला उसको उम्मेदवारी रद्द गरिनेछ।
यति मात्र नभई, पार्टीलाई गुमराहमा राखेर झुटो विवरण दिने त्यस्ता व्यक्तिको पार्टी सदस्यतासमेत खारेज हुने कडा दण्डको व्यवस्था रूपरेखामा समेटिएको छ।
दोहोरो अवसर निषेध, २०८२ का संघीय उम्मेदवार र सांसदलाई स्थानीय चुनाव लड्न रोक
रास्वपाले एउटै व्यक्तिले पटक-पटक अवसर पाउने र टिकट ओगट्ने प्रवृत्तिको अन्त्य गर्दै आगामी स्थानीय तहको निर्वाचनमा संघीय सांसद र उम्मेदवारहरूलाई उम्मेदवार बन्न रोक लगाएको छ।
पार्टीले जारी गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ मार्फत दोहोरो पद र अवसरलाई निरुत्साहित गर्न यस्तो कडा व्यवस्था गरिएको हो।
रूपरेखाअनुसार २०८२ सालको संघीय निर्वाचनमा प्रत्यक्षतर्फ टिकट पाएर पराजित भएका उम्मेदवार, समानुपातिक बन्दसूचीमा नाम रहेका व्यक्तिहरू र हाल बहालवाला संघीय सांसदहरूले स्थानीय तहको कुनै पनि पदमा आवेदन दिन पाउने छैनन्।
नेपालका पुराना राजनीतिक दलहरूमा संघीय चुनाव हारेका नेताहरू फेरि स्थानीय चुनावमा वा स्थानीय चुनाव हारेकाहरू लगत्तै संघीय चुनावमा उठ्ने परिपाटी व्याप्त रहेका बेला रास्वपाको यो नीतिले त्यस्तो प्रवृत्तिलाई ब्रेक लगाउने देखिएको छ।
यद्यपि, पार्टीभित्रका अन्य नेता-कार्यकर्तालाई भने स्थानीय चुनाव लड्न बन्देज छैन। २०८२ को संघीय निर्वाचनमा टिकट नपाएका वा समानुपातिकको बन्दसूचीमा नरहेका नेताहरूले भने स्थानीय तहको प्रमुख/अध्यक्ष वा उपप्रमुख/उपाध्यक्ष पदमा आफ्नो दाबी प्रस्तुत गर्न पाउने व्यवस्था रूपरेखामा गरिएको छ।
उम्मेदवार बन्न वैवाहिक अवस्था खुलाउनुपर्ने
रास्वपाको उम्मेदवार बन्नका लागि वैवाहिक अवस्थाका कानुनी स्पष्टता पनि पेश गर्नुपर्ने भएको छ । रास्वपाले बनाएको चुनावका लागि उम्मेदवार छनौट गर्ने मापदण्डमा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ ।
उम्मेदवारको योग्यता सम्बन्धि मापदण्डमा यो व्यवस्था प्रस्ताव गरिएको छ । ‘आफ्नो पारिवारिक र वैवाहिक अवस्था कानुनी रुपमा पूर्णत: वैध र स्पष्ट रहेको तथा यससम्बन्धी कुनै पनि प्रकारको लुकाइएको वा विवादित नरहेको स्वघोषणा’ भन्ने प्रावधान राखिएको छ । त्यसै वित्तीय तथा आर्थिक शुद्धता हुनुपर्ने पनि मापदण्डमा छ ।
मिटरव्याज, सट्टेबाजी, हप्ता असुली, ढुकुटी, हुन्डा वा सहकारी संस्थाको बचत अपचलन जस्ता कुनै पनि प्रकाका अनौपचारिक तथा अवैध आर्थिक कारोबारमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न नभएको स्वघोषणा उम्मेदवार हुन चाहने विक्तिले गर्नुपर्ने छ ।
त्यसै दुर्वव्यवहार तथा डीजीटल अपराधमा संलग्न कुनै पनि प्रकारको घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार वा सार्वजनिकस्थलमा अमर्यादित व्यवहारमा संलग्न नरहेको व्यक्ति हुनुपर्ने छ । सामाजिक सञ्जाल दुरुपयोग गरी साइबर बुलिङ, चरित्र हत्या, अनलाइन ठगी वा अन्य कुनै पनि प्रकारको डीजीटल दुर्व्यहारमा आफ्नो संलग्नता नरहेको स्वघोषणा गर्नुपर्ने छ ।
सम्बन्धित खबर
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकृत, १० राजदूतको नाम अनुमोदन, जापानका थापा होल्डमा
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने