सुन्दर कुमार थकाली, मुस्ताङ । मुस्ताङका युवाहरुको अन्तरनिहित प्रतिभा पहिचान र त्यसलाई सहिमार्ग पहिल्याउने उद्देश्यले जिल्ला युवासमिति मुस्ताङले आफ्नो अन्तिम कार्यक्रम स्वरुप बुधवार जोमसोममा खुल्ला जिल्ला स्तरिय युवा प्रतिभा पहिचान कार्यक्रम गरेको छ । ३ स्थानीयतहका करिव डेढ दर्जन युवा सम्मिलित प्रतिभा छनौटमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कागबेनीकी सिमा श्रसमगर उत्कृष्ट प्रतियोगी घोषित भएकी छिन् ।खुल्ला नृत्यतर्फको बिधामा उनी पहिलो भएकी हुन् ।
जोमसोम महिला समुहको भवनमा भएको प्रतिभा पहिचानमा कागबेनीकै अर्की प्रतियोगि महिमा बिक दोश्रो भईन् भने थासाङ ४ ताक्लुङका धनबहादुर बिक तेश्रो भए ।त्यस्तै,प्रतियोगीतामा अन्य ३ प्रतियोगीलाई नयाँ उदयमान प्रतिभाको रुपमा सम्मान गरिएको छ ।जसमा अन्जु नेपाली,रेणुका पुन र टसी पासाङ गुरुङ छन् ।त्यस्तै जिल्ला यूवासमितिले जिल्लाकै सर्वउत्कृष्ट युवा उद्यमीको रुपमा थासाङ ४ घाँसाका सन्तोष गौचनलाई घोषणा गरेको छ ।जिल्लामा रहेर चौरी र भेडा च्याङग्राको सुकुटी तयारगरि जिल्ला बाहिर उद्यमीको रुपमा बिक्री गरेको जनाउदै समितिले गौचनलाई थपप्रोत्साहन स्वरुप नगद र प्रमाणपत्रले सम्मान गरेको हो ।

समितिले आयोजना गरेको प्रतिभा छनौट टोलीमा ईआरजी जिल्ला प्रमुख बुद्धिबल थापा,धौलागिरी आवासिय माविका भ्वाईस प्रिन्सिपल अनिरुद्र गौतम र नेपाल टेलिकमका रोशन वान्तवा सहभागी थिए ।सो अवसरमा प्रतिभा छनौटमा सर्वउत्कृष्ट भएका प्रतिभाहरुलाई जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ,समितिका अध्यक्ष सम्राट गौचन,कार्यालय प्रमुख मतिलाल चपाई र भुसंरक्षण कार्यालयका ãदयप्रसाद श्रेष्ठले संयुक्त रुपमा नगद र प्रमाणपत्रले सम्मान गरेका थिए ।
जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले वैदेशिक युवा पलायनलाई न्युनिकरण गर्न युवासमितिले गरेको कार्य उत्कृष्ट भएको बताईन् ।उनले उर्जाशक्ति भएका र अवसर नपाएका युवाहरुको पहिचानगरी युवाशक्तीलाई स्वरोजगारको अवसर सृजना गर्ने प्रयास राम्रो भएको र आगामी दिनमा स्थानीयतहले यसलाई अझ प्रभावकारी रुपमा अघि बढाउनु पर्ने जनाईन् ।
समितिका अध्यक्ष सम्राट गौचनले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत देशका ७७ वटै जिल्लामा युवासमितिले यसप्रकारका गतिविधि गर्दे आएको जनाए ।उनले उद्यमीको पहिचान गरेर लगानी गर्दे आएको उल्लेख गर्दे पाएको अवसरलाई सदुपयोग गर्न सके थप अवसर प्राप्त हुने बताए ।चालु आर्थिक वर्षसम्म युवासमितिले कार्य गर्दे आएको र संघिय कानुन निर्माण भएपछि आगामी आर्थिक वर्ष यो स्थानीयतहले संम्हाल्ने जानकारी दिए ।यस्तै, युवासमितिका कार्यालय प्रमुख मतिलाल चपाईले युवा समितिले १६ वर्षदेखि ४० वर्ष उमेर समुहका लागि विभिन्न क्षेत्रमा उद्यमका लागि लगानी गरेको बताए ।
समितिका अध्यक्ष सम्राट गौचनको अध्यक्षतामा भएको कार्यक्रम स्वागत मतिलाल चपाईले गरेका थिए भने संञ्चालन मंगलसिह पुनले गरेका थिए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?