पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वर्गीय कल्याण शेरचनलाई गीतसंगीत क्षेत्रको संरक्षण र विकासका लागि निरन्तर लागिरहने एक प्रतिवद्ध चिन्तकका रुपमा उल्लेख गरेका छन्। शेरचनलाई नेपाली गीतसंगितले एक असल नक्षत्रका रुपमा लिने गरेको प्रमुख आचार्यले बताए।
स्वर्गीय शेरचनको ७६ औँ जन्मजयन्तिका अवसरमा उनको शालिक निर्माणार्थ पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगीता तथा स्रष्टा सम्मान एंव इन्द्रेणी कार्यक्रम २०७९ को उद्धघाटन गर्दै प्रमुख आचार्यले स्वर्गीय शेरचन गतिसंगितको क्षेत्रका अलौकिक बिम्ब भएको उल्लेख गरे।

अरुलाई अगाडी सारेर आफु पछाडी बस्ने स्वाभावका शेरचनको सपना पोखरामा आयोजित उक्त कार्यक्रमले पुरा गर्ने विश्वास समेत उहाँले व्यक्त गरे। प्रमुख आचार्यले पोखरा महानगरपालिका लोकसंस्कृति र नेपाली गीतसंगीतको विकासका लागि निन्तर लागिरहने प्रतिवद्धता पनि जाहेर गरे।
कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरा सभागृहमा तिन दिनसम्म चल्ने उक्त कार्यक्रमलाई आयोजकले लोक स्रष्टाहरुको कुम्भमेला भनेको छ। सो क्रममा विभिन्न लोकसंस्कृतिर्कीहरुलाई सम्मान समेत गरिएको छ भने, सयौँ लोकसंस्कृतिकर्मीहरुको प्रत्यक्ष सहभागीता रहेको छ।
सम्बन्धित खबर
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै