गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। सङ्गम बचत तथा ऋण सहकारी संस्था रामबजारको सहयोगमा टोलवासी महिलाका लागि वित्तीय साक्षरता तथा स्वास्थ्य सुरक्षा सम्बन्धी ज्ञान आदान प्रदान गरिएको छ।
संस्थाले पोखरा महानगरपालिका वडा नं -१५ स्थित नव जनशक्ति टोल विकासका महिला दिदीबहिनीसँग ज्ञान आदानप्रदानको कार्यक्रम गरेको हो।
कार्यक्रममा संस्थाले आय आर्जन तथा बचत, खर्च व्यवस्थापन, लगानी एवं व्यवस्थापन, मुद्राको व्यवस्थापन लगायतका विषयमा चर्चा गर्नुका साथै वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिएको थियो ।
कार्यक्रम सञ्चालक तिलक थापाले पछिल्लो समय भाइवर तथा सामाजिक सञ्जालबाट ठगी लगायतका विभिन्न आपराधिक कार्यहरू बढेको भन्दै त्यसबाट बच्न महिलाहरूलाई सचेत गराए। संस्थाले वार्षिक रूपमा महिला सशक्तीकरण, सीप विकास र जागरणका लागि बजेट छुट्याउँदै आइरहेको भन्दै आगामी दिनमा पनि अन्य टोल तथा आमा समूहसँग यस्ता कार्यक्रमहरू मार्फत जोडिने उनले जानकारी दिए।
पोखरा -१५ कि स्वास्थ्य स्वयंसेविका सरस्वती अधिकारीले सेनेटरी प्याडको घरेलु निर्माण तथा प्रयोग विधिबारे जानकारी दिइन्। बजारमा पाइने प्याड स्वास्थ्यका दृष्टिकोणले समेत राम्रो नहुने भन्दै आर्थिक रूपमा समेत खर्चिलो हुने बताइन्। घरमै निर्माण गरिने १० एमएम सम्मको प्याडले ४ घण्टासम्म काम गर्ने भन्दै प्याडको सरसफाइमा समेत ध्यान दिइएको खण्डमा महिनौँ टिक्ने उनले बताइन्।
यस्तै कार्यक्रमका प्रमुख अतिथि पोखरा -१५ का वडा सदस्य आशिष भण्डारीले सहकारी भन्नु नै ‘साझा हितका लागि सहयोगी भावना’ भएको बताए। उनले सहकारी संस्था बचत गर्ने र ऋण दिने संस्था मात्र नभएर यसका थुप्रै सामाजिक उत्तरदायीहरू भएको बताए। भविष्यमा आइपर्न सक्ने भवितव्यबाट जोगिन पनि सहकारीसँग जोडिनुपर्ने भन्दै सहकारीले त्यसका लागि सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको बताए। ‘बचतको विकास गर्नुस् , ताकी भोलिको तपाईँको भविष्य सुनिश्चित होस्।” उनले भने। “
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु