पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आयोजना भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि आयोजक गण्डकी फोनिज जितेको छ ।
फोनिजको २३ औं स्थापना दिवस मनाउने क्रममा फोनिज गण्डकीले आयोजना र कास्की जिल्ला शाखाको सहआयोजनामा भएको पुरुष तथा महिला मैत्रीपुर्ण फुटसलमा दुवै खेलमा फोनिज विजयी भएको हो । पुरुष टिममा फोनिज गण्डकीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टिमलाई टाइब्रेकरमा ५–४ गोल अन्तर पराजित गरेको हो । महिला तर्फ फोनिज गण्डकीको टिमले कास्कीमा महिला पत्रकारको टिमलाई टाइब्रेकरमै ४–३ गोल अन्तर हराएको हो ।
पुरुषतर्फ निर्धारित समयमा ४–४ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयमा फोनिजको तर्फबाट प्रबिन मगरले २ गरे भने सुशान्त गाहा र सुरज थापाले एक/एक गोलको योगदान दिए । यस्तै खेलकुद पत्रकार मञ्चका लागि अनुप पौडेलले २ तथा मन क्षेत्री र बिजय नेपालीले १/१ गोल गरे ।
महिलातर्फ निर्धारित समयमा फोनिज गण्डकीबाट जुना थापाले पेनाल्टी मार्फत गोल गर्दा महिला पत्रकारको तर्फबाट दिपा पौडेलले बराबरी गोल फर्काइन् । दुवै टिमले निर्धारित समयमा बराबरी गोल गरेपछि खेलमा बिजेताको टुंगो टाइब्रेकरबाट लागेको खेल संयोजक सुशान्त गाहा मगरले जानकारी दिए ।
बिजेता फोनिज गण्डकीको टिमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता टिमले मेडल र प्रमाणपत्र पाए। विजेता तथा उपविजेता टिमलाई गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव तेजबहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद स्वास्थ्यको लागि लाभदायक भएको बताउँदै यसले आपसी भाईचारामा पनि वृद्धि हुने बताए । पत्रकारहरु लेख्ने मात्र होइन स्वस्थ्य हुनुपनि जरुरी रहेको मिडिया कप बेला बेलामा हुनुपर्नेमा उनको जोड थियो । ‘खेलकुदले पत्रकारको निर्णय गर्ने क्षमताको विकास हुन्छ, यसले पत्रकारहरुलाई सिर्जनशिल पनि बनाउँछ,’ उनले भने, ‘त्यसैले पनि आगामी दिनमा अन्य खेल गर्दै जानुस तपाईहरुसँग प्रदेश खेलकुद परिषद साथ मै छ ।’ ३९ वर्षपछि पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा पत्रकारले कलम र आवाज मार्फत साथ दिन उनको आग्रह थियो । पत्रकारले गरेको खबरदारी र राम्रा कार्यको प्रचार प्रसारले प्रदेशमा हुने खेलमा महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो ।
कार्यक्रममा फोनिज गण्डकी सल्लाहकार हुमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी र फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीस मगर लगायतले मैत्रीपुर्ण खेलले स्वस्थ्य रहँदै पत्रकारिता गर्ने समयमा प्राविधिक शब्दहरुमा ज्ञान हुने बताएका थिए ।
सम्बन्धित खबर
उदीयमान खेलाडीमा ज्योत्सनिका, दिलासा र बादलको प्रतिस्पर्धा
सिद्ध र कालिका उपाधिका लागि भिड्ने
पोखरा स्पोर्टस् अवार्डमा ‘अफिसियल ड्रिङ्किङ वाटर ग्लेज’
रन रेटको आधारमा कालिका फाइनलमा : सिद्ध र अम्मरसिंह सेमिमा भिड्ने
विश्वकप खेल्ने टीममा नराखेपछि सन्दीपको प्रतिक्रिया: ‘ममाथि षडयन्त्र गर्नेहरूलाई भगवानले आशिष दिऊन्’
छात्रा क्रिकेट जारी : भद्रकाली र अम्मरसिंहको जित
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग