पोखरा । गण्डकी प्रदेशका ६ वटा जिल्लामा तेक्वान्दो खेल सामाग्री सहयोग हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशका कास्की, तनहुँ, म्याग्दी, पर्वत, बागलुङ, गोर्खा र नवलपुर जिल्लाको लागि तेक्वान्दो खेल सामाग्री चेस कभर, हेड गार्ड किकिङ प्याड एक समारोहका बिच बुधबार पोखरामा सहयोग हस्तान्तरण गरिएको नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङले बताए ।
गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङले २ लाख ८० हजार मुल्य बराबरको खेल सामाग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्न सबै खेल संघहरु सक्रिय हुनु पर्ने बताए । तेक्वान्दो खेलको लागि अत्याधुनिक सेन्सर सिस्टम उपलब्ध गराउने मन्त्री गुरुङले वचन दिए ।

यसैबिच, नेपाल तेक्वान्दो संघको कार्यक्रम अनुसार गण्डकी प्रदेशका रेफ्रिहरुको लागि यही साउन २२ देखि २५ गतेसम्म पोखरामा संचालन भएको रेफ्रि रिफ्रेसर तथा सेमिनारमा सहभागि प्रशिक्षकहरुलाई समेत मन्त्री गुरुङले प्रमाण पत्र वितरण गरेका थिए । संघका केन्द्रिय अध्यक्ष प्रकाश शम्सेर राणाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका महासचिव दीपराज गुरुङ, गण्डकी खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, संघ गण्डकीका अध्यक्ष जगन गुरुङ लगायतले बोलेका थिए । उक्त प्रशिक्षणमा चितवन सहित ७ जिल्लाका ५६ जना सहभागि भएको संघले जनाएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह