सत्यवतिका गिरिले जिते व्यासनगर साइनिङ स्टारको उपाधी

सत्यवतिका गिरिले जिते व्यासनगर साइनिङ स्टारको उपाधी

win n

किरण श्रेष्ठ, तनहुँ । जेसिआइ व्यासनगरको आयोजना भएको यस वर्षको जेसिआइ व्यासनगर साइनिङ स्टार २०१८ को उपाधी सत्यवति माविका गणेश गिरिले जितेका छ्न । उक्त प्रतियोगितामा दमौली मोडेल स्कुलकी देविता पाण्डे फस्ट रनरअप र सत्यवती मावि कै कृतिका कार्की सेकेन्ड रनरअप भएका छन् । साइनिङ स्टारको उपाधी विजेता गिरिले २५ हजार रुपैयाँको चेक समेत प्राप्त गरेका छ्न ।
त्यस्तै फस्ट रनरअप पाण्डेले १५ हजार र सेकेन्ड रनरअप कार्कीले १० हजारको चेक प्राप्त गरेका छ्न । साइनिङ स्टारका विजेताहरु लाई कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले पुरस्कार प्रदान गरेका थिए । उक्त ग्रान्ड फिनालेमा विभिन्न सांगितिक प्रस्तुति तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा गायक छेवाङ लामाले आफ्ना गीत मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।
ग्रान्ड फिनालेमा मध्य नेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ, मिस पोखरा ममता जोशी, मिस टिन नेपाल २०१५ कि विजेता रोजी गिरि, काठमाडौ जेसिसका अध्यक्ष इनु थापा, गायक छेवाङ लामा लगाएत निर्णायक रहेका थिए । तनहुँ तथा व्यास नगर भित्रका बालबालिकाको आन्तरिक प्रतिभा लाइ बाहिर ल्याउन क्लबले हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आइरहेको जेसिआइ व्यास नगरका अध्यक्ष पबिन्द्र भट्टराईले बताए ।
तनहुँमा युवाहरुको लागी अझै भनौं केटिहरुको लागी मात्रै हुने प्रतियोगिता बढी रहेको छ यस्तैमा जेसिआइ व्यासनगरले सानै उमेर देखी केटाकेटि दुबै लाइ समान तरिकाले महत्त्व दिएर एउटै स्टेजमा प्रतिस्पर्धा गराउदै आएकोमा धेरै खुशी लागेको व्यासनगर साइनिङ स्टार २०१३ की विजेता अनुप्रिया जिसि पन्थले बताइन ।
हरेक वर्ष नयाँ अनुहारको प्रतिभाले नयाँ नाम र सम्मानका साथै जेसिआइले भविष्यको लागि धेरै अवसरको धोका खोलेको समेत पन्थले बताइन । त्यस्तै हरेक वर्ष जेसिआइले नयाँ साइनिङ स्टार पाउदा आफुमा थप जिम्मेवारी बढेको समेत लाग्ने पन्थले बताइन ।
आइतबार साइनिङ स्टारका विजेता लाइ सत्यवती माविले एक कार्यक्रम बिच सम्मान गरेको थियो । बिजयी विद्यार्थीहरुको हौसला बढाउन विद्यालयले सम्मान गरेको सत्यवति माविले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ