पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ७, छाचोक स्थित शुभकामना क्लवको आयोजनामा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पाँचौ तीज मेला २०७९ हुने भएको छ ।
विगत केही वर्ष कोभिड १९ को कारणले सम्पन्न हुन नसकेको मेला यस पटक विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी गर्न लागेको क्लबले जनाएको छ । आगामी भाद्र १४ र १५ गते तीजका दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुका साथ मनारञ्जनात्मक कार्यक्रम, वडा स्तररिय भलिवल प्रतियोगिता, तीज गीत प्रतियोगिता, छेलो आदिका सहित आयोजना हुन लागेको कुरा क्लबका अध्यक्ष दिपक शाहीले जानकारी गराए ।
मेला सम्पन्न गराउनको लागि समाजसेवी रामचन्द्र सापकोटाको मूल संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरुको गठन गरिएको छ ।
पोखराबाट करिब १० कि.मि. उत्तर पूर्वी भागमा रहेको मादी गाउँपालिका, वडा नं. ७ (साविक सिल्दुजुरे गा.वि.स. वडा नं. ९) कास्की जिल्ला, गण्डकी प्रदेशमा रहेको छ । यो गाउँको पुर्वमा थुमाकोडाँडा, पश्चिममा मौजा, दक्षिणमा कालिकास्थान र उत्तरमा थाक गाउँ र सिक्लेस रहेका छन् । २०७३ सालमा स्थापना भएको यस क्लबले यस क्षेत्रको विकासको लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
विगतका वर्षहरुमा जस्तै संस्कृतिको जगेर्ना र खेलकुदको विकास गर्ने उद्देश्यका साथ पाँचौं तीज मेला २०७९ आयोजना हुने कार्यक्रमहरुमा विजयी टिमहरुलाई उत्कृष्ट पुरस्कारहरुको व्यवस्था गरिएको छ । भलिबलमा बिजयी हुने टिमलाई नगद ३० हजारका साथ प्रमाण पत्र र मेडल, तीज गीत प्रतियोगितामा बिजयी हुनेलाई १० हजार र प्रमाण पत्र प्रदान गरिने क्लबले जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु