पाेखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले पोखरा-३२ मालेपाटन स्थित शहरी स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
आईतबार आयोजित एक कार्यक्रम बीच राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले पोखरा-३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्की र शहरी स्वास्थ्य केन्द्र प्रमुख ज्ञान प्रसाद भट्टराईलाई सामग्री हस्तान्तरण गरेका थिए।
देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या बढ्दै गरेको अवस्थामा बिरामीलाई थप अक्सिजन प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटरको आवश्यकता पर्ने भएकाले जनताको स्वास्थ्यलाई मध्यनजर राख्दै अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको कास्की अध्यक्ष नारायण गुरुङले बताए। उनले पार्टीले महामारी देखिनै कास्कीका विभिन्न पालिका र वडाका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रमा यस्ता सामाग्री वितरण गर्दै आएको र त्यसैको निरन्तरता अनुरुप पोखरा-३२ मा पनि हस्तान्तरण गरिएको बताए।
हस्तान्तरण कार्यक्रममा स्थानिय, जनप्रतिनिधि सहित पार्टीका नेताहरुको समेत उपस्थिति रहेको थियो। अमरधन स्मृति प्रतिष्ठानका हङकङ निवासी अध्यक्ष त्रिलोक गुरुङको सौजन्यमा पार्टीले कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो।

पार्टीले २ दिन अगाडि मात्रै कास्की अन्नपुर्ण गाउँपालिकामा समेत कन्सन्ट्रेटर हस्तान्तरण गरेको थियो।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन