स्याङ्जा । गाउँमा हल्ला भएपछि हत्याको पोल खुल्ने डरले लाश झिकेर भैंसीको पाडो मारेर गाडिएको रहस्य खुलेको छ । जिल्लाको आरुचौर गाविस–४ स्थित चिप्लेटीमा नाम, ठेगना नखुलेको व्यक्तिको शव भेटिएपछि यस्तो रहस्य खुलेको हो ।
गत पुस २७ गते सो अपरिचित व्यक्तिको हत्यापछि शवलाई घटनास्थल नजिकै खाल्डो खनी गाडिएको बुझिएको छ । गाँउमा हल्ला हुन थालेपछि शव गाडिएको स्थानमा ५ महिनाको भैंसीको पाडो मारेर गाडेर शवलाई भने ४ घण्टा पैदल दुरीमा पर्ने अर्जुनचौपारी स्थित भट्टे पथान सामुदायिक बनमा लगेर पुनः गाडिएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
अन्दाजी ५० वर्ष उमेरका देखिने उक्त शवको अनुहार हेर्दा हिमाली भेगमा बसोबास गर्ने व्यक्ति भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । मनाङ र मुस्ताङ जिल्लामा हुलिया परिपत्र गरिएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार गत पुस २७ गते जडीबुटी बेच्ने क्रममा एकजना अपरिचित व्यक्ति उक्त स्थानमा पुगेको र पैसाको लोभमा हत्या भएको हुनसक्ने आशंका गरिएको छ । उक्त व्यक्तिको घरेलु हतियार प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सो व्यक्ति त्यो दिन स्थानीय शोभाकर बिकको घरमा बास बसेको र शोभाकरको भतिज सन्जयसँग झगडा भएपछि हात हालाहाल भए पश्चात मृत्यु भएको र छिमेकीहरुको सहमति र सहयोगमा शवलाई लुकाइ–छिपाई घटनास्थलबाट करीब २ सय मिटर टाढा बारीमा खाडल खनी गाडिएको प्रहरी नायब उपरीक्षक वीरबहादुर पुलामीले दाबी गरे । शवको साथमा २ वटा सुनको औंठी, ४ हजार नगद पैसा, झोला, केही जडीबुटी, लत्ताकपडा, लगायत सामान पनि बरामद भएको छ ।
हत्यामा संलग्न भएको आशंकामा चिप्लेटी गाँउका १२ जनालाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएको बताइएको छ ।
प्रतिकात्मक तस्विर
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो