पर्वत । राति ९ बज्दै थियो । घटना शनिबारको हो । पर्वत प्रहरीकहाँ सहयोग मागियो । आवाज महिलाको थियो । मलाई बलात्कार गरेको छ । त्यसपछि प्रहरी घटना स्थल पुग्यो ।
पर्वतको कुश्मा स्थित माझमेला जंगलमा महिलालार्य बलात्कार गर्दै गरेको अवस्थामा प्रहरी पुग्यो र बलात्कारीलाई पक्रियो । पक्राउ पर्ने म्याग्दीको मल्कवाङ १ घर भई हाल कुश्मानगरपालिका १ सहस्रधारामा बस्दै आएका २६ बर्षिय अनिल बिक हुन् ।
राती ९ वजेको समयमा ति महिलालाई बलात्कार गरिरहेको स्वयंम महिलाले नै सूचना दिएको प्रहरी नायव उपरिक्षक दीलिप घिमिरेले जनाए । महिलाले दिएको सूचनाका आधारमा खोज्दै जाँदा पीडितलाई पक्रिन सफल भएको हो । बागलुङ जान लिफ्ट खोजेकी ति महिलालाई बिकले कुश्माबाट ट्याक्टरमा चढाएर लग्दै थिए । बिक ट्याक्टर चालक हुन् । बागलुङ लगिदिने बाहनामा जंगलको बिच भागमा रहेको खाली जग्गामा लगि बिकले जवरजस्ती करणी गरेको महिलाले प्रहरी समक्ष बताएकी छिन् ।
बिकलाई जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरी टोली पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात जिल्ला अदालत बाट १० दिन म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक घिमिरेले जनाए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा