किरण श्रेष्ठ,तनहुँ । तनहुँको व्यास नगरपालिका वडा ११ कोलढुङ्गा स्थित फेदिफाँट कोलढुङ्गा क्रिकेट मैदानको सोमबार निरिक्षण गरिएको छ । प्रदेश नम्बर ४ सामाजिक विकास मन्त्रालयका अधिकृत द्वय कृष्ण तिमिल्सिना र कृष्ण प्रसाद बराल र खेलकुद मन्त्रालयका अधिकृत रचना शर्मा सहितको टोलिले क्रिकेट मैदानको निरीक्षण गरेको हो ।
उक्त टोलिले सो मैदानको प्रगतीको सर्हाना गर्दै थप आवश्यक सहयोग गर्ने प्रतिवधता गरेका छन् । प्रदेश नम्बर ४ कै नमुना क्रिकेट रंगशाला बनाउने उद्देश्य लिएको फेदिफाँट कोलढुङ्गा क्रिकेट मैदान निर्माण समितीका अध्यक्ष बिरेन्द्र अधिकारीले उक्त टोलिलाई जानकारी गराएका थिए । उक्त मैदानको गुरुयोजनाको बारेमा समेत अध्यक्ष अधिकारीले टोलीलाई बताएका थिए ।
करिब २०० रोपनी जमिन उक्त मैदान लागि छुट्टयाइएको छ । दमौली बजार देखि ७-८ किलोमिटर टाढा रहेको उक्त मैदानलाइ सबैले चासोको रूपमा हेरिएको छ । उक्त स्थानमा व्यवस्थित क्रिकेट मैदान बन्नेमा तनहुँका क्रिकेट प्रेमी तथा तनहुँबासिमा नयाँ आशा देखिएको छ ।नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषिराम गौतमले मैदान निरीक्षणको क्रममा तनहुँ जिल्लामा क्रिकेटको विकासको लागि संघको निलम्बन फुकुवा पछि विशेष जोड दिने जानकारी गराएका थिए ।
उक्त मैदान निरीक्षण टोलिलाई कुनै पनि हालत उक्त मैदान र रंगशाला निर्माणका विशेष ध्यान दिनको लागि क्रिकेट संघ तनहुँका अध्यक्ष ताराराम श्रेष्ठले अपिल गरेका छन् । तनहुँ पनि क्रिकेटको उर्वर भुमी रहेकोले मैदान अभावकै कारण खेलाडी पलायन भएको हुँदा उक्त मैदान र रंगशाला निर्माणका लागि स्थानिय तह, प्रदेश र केन्द्रिय सरकारसंग पहल गर्न कुनै कसरत नछाड्ने तनहुँ जिल्ला क्रिकेट संघका सचिव विपिन श्रेष्ठले बताए ।
सम्बन्धित खबर
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीयः प्रदेश प्रमुख भट्ट
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’