पोखरा । पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका १०० दिनका उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १०० दिन पूरा गरेको अवसरमा पत्रकार भेटघाट कार्यक्रम गरी नगरप्रमुख धनराज आचार्यले उपलव्धी सार्वजनिक गरेका हुन् ।
यस अवधिमा १०० बढी महत्त्वपूर्ण कामहरूको सुरुवात गरिएको प्रमुख आचार्यले जनाए । उनका अनुसार पोखरा महानगरपालिकाको समग्र विकासका लागि आफ्नो नेतृत्वमा नवीनतम प्रयासहरू समेत थालिएका छन् भने, उज्यालो पोखरा अभियानदेखि सेवा प्रवाहमा एकद्धार प्रणाली सञ्चालन गरिएको छ ।
जनगुनासो सुनुवाइका लागि हेल्लो मेयर कार्यक्रम समेत सञ्चालन गरिएको छ । महत्त्वपूर्ण स्थानका सार्वजनिक जग्गाहरूको विवाद समाधान तथा स्वामित्व फिर्ता, हजारौँको सङ्ख्यामा फलफूलका बिरुवाहरू रोपण, कृषि एम्बुलेन्स सञ्चालन, छात्रवृत्ति प्रदान तथा राहत/उपचार सहयोग तथा सिफारिस लगायत कामहरू यस अवधिमा सम्पन्न गरिएका छन् ।
साथै विभिन्न दातृ निकाय तथा विदेशका भगिनी सम्बन्ध कायम भएका सहरहरूसँगको साझेदारीमा दीर्घकालीन महत्त्वका योजनाहरूको सम्भाव्यता अध्ययन, डिपिआर निर्माण तथा निर्माण सम्झौता समेत गरिएका छन् ।
कार्यक्रममा उपमेयर मन्जुदेवी गुरुङले स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले सञ्चालन गरेका थिए।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु