स्याङ्जा । मोटरसाइकल दुर्घटनामा अनेरास्ववियु विद्यार्थी नेताको मृत्यु भएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा सोमबार साँझ भएको उक्त दुर्घटनामा परी गुल्मी हर्मीचौरका २३ वर्षीय सुनिल सुनारको मृत्यु भएको हो ।
सुनार मिर्मी बहुमुखी क्याम्पस स्याङ्जाका स्ववियु सचिव समेत हुन् । दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा उनको मृत्यु भएको हो भने चारजना घाइते भएका छन् ।
गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा सोमबार साँझ भएको उक्त दुर्घटनामा परी गुल्मी हर्मीचौरका २३ वर्षीय सुनारले ज्यान गुमाए ।
स्याङ्जाको मिर्मीबाट गल्याङ आउँदै गरेको लु ३२ प ९९७९ र गल्याङबाट मिर्मी जाँदै गरेको लु ३५ प १६३३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुई मोटरसाइकलमा पाँचजना सवार थिए ।
घाइते हुनेमा गल्याङ नगरपालिका–३ का २२ वर्षीय अजित सुनार, कालीगण्डकी गाउँपालिका–२ का २० वर्षीय मदन पाण्डे, गल्याङ नगरपालिका–२ का २३ वर्षीय दिलीप राना र सोही स्थानका २२ वर्षीय सुशील सुवेदी रहेका छन् । घाइतेको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो