म्याग्दी। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देनले काँग्रेस, एमाले र माओबादीका कार्यकर्ताहरुले आफ्नो दल र दलका नेताहरुलाई सुधार्नका लागि भएपनि राप्रपालाई जिताउन आवश्यक भएको बताएका छन् । यो पटक जनताले परिवर्तन चाहेको हुँदा राप्रपालाई जिताउन आग्रह गर्दै उनले हलोलाई सबै पार्टीको साझा चुनाव चिन्ह बनाउन अनुराेध गरे ।
म्याग्दी बेनीमा राप्रपाद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले परिवर्तन र विकास देख्न चाहनेहरुको साझा पार्टी राप्रपा मात्रै भएको दाबी गरे । उनले काँग्रेस, एमाले र माओबादीका कार्यकर्ताहरुलाई देशको विकास र परिवर्तनका लागि यो पटक मत परिवर्तन गर्ने हिम्मत गर्न आग्रह समेत गरे । ‘तपाईहरु साँच्चै आफ्नो पार्टीको माया मान्नुहुन्छ र पार्टीका नेताहरु सुध्रियोस् भन्ने चाहनुहुन्छ भने यो पटक राप्रपाको चुनाव चिन्ह हलोमा मत हाल्नुहोला। हामी साँच्चिकै यो देशको विकास गर्नलाई आएका हौँ ।’ उनले भने -‘यसो गर्दा हजुरको दल र त्यसमा आबद्ध नेतृत्व सुध्रिने मौका पाउँछ ।’
उनले दल परिवर्तन नगरि मत मात्रै परिवर्तन गर्दा देश विकास पनि हुने र पार्टीहरु सुध्रिने भएकोले जनतासँगै अन्य पार्टीका कार्यकर्ताहरुले पनि यो कुरा बुझन् जरुरी भएको तर्क गरे । ‘यसो गरेमा अब जनता बाठो भयो, नसुध्रिँदा सम्म कुनै उपाय छैन भन्ने चेत अहिलेका नेताहरुको दिमागमा घुस्छ । र, उनीहरु नसुध्रिँदा सम्म सुख पाउँदैनन् ।’ उनले भने ।
साथै उनले पछिल्लो स्थानीय चुनावमा काठमाण्डौमा बालेन र धरानमा हर्क साम्पांगलाई जिताएर जनताले परिवर्तन चाहेको संकेत दिईसकेको बताए । अहिलेकै पार्टी र नेतृत्वबाट परिवर्तन हुन्छ भन्ने कुरा पत्याउन सकिने आधार नभएको बताउँदै लिंग्देनले सबैभन्दा राष्ट्रबादी पार्टी राप्रपाबाट त्यो संभव भएको बताए । ‘अहिले भ्रष्टाचारलाई सामान्य रुपमा लिने गरिन्छ । तर त्यसो होईन। भ्रष्टाचारकै कारण देशमा विकास हुन सकेको छैन । तर हामी चाँही भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबर भएको ठान्छौँ ।’ उनले भने -‘म राप्रपाको अध्यक्षको हैसियतमा भन्दैछु, राप्रपाले यो जुनी त के अर्को जुनीमा पनि भ्रष्टाचारको राजनीति गर्दैन । किनभने म दोस्रो जुनी पाएको व्यक्ति हुँ, म फगत केही दिन बाँच्न मात्र आएको होईन, गरेर देखाउनलाई आएको हुँ ।’
राप्रपा अध्यक्ष लिंग्देनले चुनाव लक्षित देशदौडाहा अन्तरगत मंगलबार म्याग्दीको बेनीमा पुगेर आमसभालाई सम्बोधन गरेका हुन् । त्यो भन्दा अगाडि उनी कुश्मा पर्वतमा भएको एउटा कार्यक्रममा सहभागी भएका थिए । त्यस्तै लिंग्देनले गण्डकी प्रदेशस्तरिय राप्रपा नेता तथा कार्यकर्ताहरुसहित बागलुंगको कालिका मन्दिरको दर्शन समेत गरेका थिए । अध्यक्ष लिंग्देनले बुधबार स्यांग्जाको पुतलीबजारमा हुने आमसभा सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो