पोखरा । वर्षको उत्कृष्ट महिला खेलकुद अवार्ड जितेकी विमला नेपालीलाई गैह्रापाटनको पश्चिमाञ्चल माविले बुधबार सम्मान गरेको छ । पश्चिमाञ्चलबाट १२ कक्षाको परीक्षा दिएकी नेपालीले खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको हो ।
नेपालीले अघिल्लो साता खेलकुद पत्रकार मञ्च कास्कीले स्थापना गरेको स्पोर्टस अवार्डको तेश्रो संस्करणको उत्कृष्ट महिलातर्फको विधाको उपाधि हात पारेकी थिइन् । खेल क्षेत्रबाट विद्यालयको नाम राख्न सफल भएको भन्दै पश्चिमाञ्चलले बिमलालाई सम्मान गरेको हो । विमला सोतोकान कराँतेकी खेलाडी हुन् । उनले स्वदेश भित्र र बाहिर खेलेका विभिन्न प्रतियोगिताबाट स्वर्ण पदक हात पारिसकेकी छिन् ।
सम्मान कार्यक्रममा पश्चिमाञ्चल फाउन्डेसनका पूर्व अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले खेल क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नाम राख्न सफल भएकोमा खुसी व्यक्त गरे । खेल क्षेत्रबाटै पनि देशलाई योगदान दिन सकिने उनले बताए । पश्चिमाञ्चल फाउन्डेसनले संचालन गरेको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा स्नातक तहमा अध्ययन गर्नका लागि बिमलालाई सतप्रतिशत छात्रवृत्ति दिइने पराजुलीले घोषणा गरेका थिए ।
विद्यालयका प्राचार्य ताराबहादुर घिमिरेले बिमलाले सिंगो मुलुकको नाम राख्न सकेको बताए । उनले अगामि दिनका पनि बिमलाले देशका लागि नाम उच्च राख्न थप मेहनत गर्न शुभकामना दिए । सम्मानित बिमलाले परिवारको सहयोग र सबैको साथले यो तहसम्म पुग्न सकेको बताईन । विद्यालयका कोअर्डिटेनर यादव गिरीले खेलकुद क्षेत्रबाट छिटोगरि पहिचान कमाउन सकिने बताए । विमलाले पश्चिमाञ्चलबाट यो वर्ष १२ कक्षाको परीक्षा दिएकी थिईन । उनी मानविकी संकायकी विद्यार्थी हुन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो