पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक भू पू सैनिक संगठन कास्कीको अध्यक्षमा भू पू सेनानी गणेश पौडेल क्षेत्री निर्वाचित भएका छन् । शुक्रबार राप्रपाको पार्टी कार्यालयमा भएको जिल्ला अधिवेशनले तदर्थ समितिका अध्यक्ष क्षेत्रीलाई नै सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
संगठनका केन्द्रिय अध्यक्ष भू पू महासेनानी प्रकाश जंग कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले क्षेत्रीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा भू पू सुबेदार बालाजी थापा, सुबेदार कृष्ण बहादुर जीशी, क्याप्टेन फम बहादुर सिंह र बि एच एम लक्ष्मण रानाभाट गरि ४ जनालाई चयन गरेको छ भने सचिवमा हवल्दार तोत्र बाँनिया, जमेदार पदम तिमिल्सेना र हवल्दार प्रेम खड्का गरि ३ जनालाई चयन गरेको छ।
त्यस्तै कोषाध्यक्षमा मा उपसेनानी भुवन सिंह थापा र सहस्यहरुमा जमेदारहरु भारतराज तिवारी, हरि बहादुर पौडेल, बराल, रामजी खत्री, पराक्रम ठकुरी, उदय बन्जरा र रुद्रबहादुर , सुबेदार शिबहरि, ईश्वरी चांपागाई, हवल्दार भरत बहादुर भण्डारी, सेनाहरु मैतलाल गुरुङ र बल बहादुर केसी चयन भएका छन्। राप्रपा कास्कीका सचिब भानु भण्डारी, प्रवक्ता अरुण गिरी र कास्की क्षेत्र न १ प्रदेश सभा क अध्यक्ष प्रकाश केसीको निर्वाचन समितिले सो कार्यसमिति चयन प्रक्रिया सम्पन्न गरेको थियो। भू पू सैनिक संगठनको जिल्लाको अध्यक्षमा निर्वाचित भएसँगै क्षेत्रीले देशको अवस्थालाई मध्येनजर गर्दै सम्पूर्ण भू पू सैनिकहरु एकजुट हुनेपर्ने बेला आएको बताए। ‘ देशलाई पुनः हाम्रो खाँचो परेको छ तर फरक भूमिकामा, त्यसैले देश बचाउन राप्रपामा एकजुट हौ।’ उनले भने।
क्षेत्रीले राप्रपाको विचार र एजेण्डालाई लिएर आफू कास्कीका भू पू सैनिकहरु माझ जाने र सम्पूर्ण राष्ट्रबादी भू पू सैनिकहरुलाई संगठित गरि पार्टीको हितमा काम गर्ने प्रतिबद्धता जनाए । सेनानी गणेश पौडेल क्षेत्री पोखरा १४ चाउथेका स्थायी बासिन्दा हुन । ५० वर्षीय क्षेत्रीले २८ वर्ष नेपाली सेनामा रहेर देशको सेवा गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह