किरण श्रेष्ठ, तनहुँ । नेपाली कांग्रेसबाट तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा निर्वाचित वडाध्यक्ष बर्ष ३१ को गंगाराम कुमाल ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि जेल चलान भएका छन । ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत तनहुँले वडा अध्यक्ष कुमाल लाइ थुनामा राख्ने आदेश दिएको हो । अन्य सबै प्रतिबादीहरु जनही एक लाख धरौटी राखी तारिखमा छुटेका छन ।
गत २०७४ मङ्सिर ९ गते तनहुँको घिरिङ गाउँपालिका वडा नं. १ अत्रौलीमा निर्वाचित जनप्रतिनिधि सोही वडाका वडा अध्यक्ष गंगाराम कुमाल सहितको समुहले सोहि स्थान बस्ने बर्ष २२ को विदुर कुमार सिग्देल र बर्ष १७ को सफल सिग्देललाई धारिलो हतियार प्रहार गरी घाईते बनाएको अभियोगमा जिल्ला अदालत तनहुँमा उनीहरु बिरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो ।
उक्त घटना सम्बन्धमा सुमन सिग्देलले उनिहरु बिरुद्द ज्यान मार्ने उद्योग मुद्दामा किटानी जाहेरी दरखास्त दिएपछी फरार मध्येको घिरिङ गाउँपालिका वडा नं. १ बस्ने बर्ष २६ का पदम बहादुर ढेगा भन्ने पदम बहादुर थापालाई २०७४ फागुन २८ गते प्रहरीले पक्राउ गरेको थियो । थापा लाइ पक्राउ गरि अनुसन्धान पछी अदातलमा पेश गर्दा २०७४ चैत २३ गते अदालतको आदेशले एक लाख धरौटी राखी तारिखमा छुटेका थिए ।
सोहि घटनाको मुद्दामा फरार रहेका अन्य प्रतिबादीहरु गत सोमबार २१ गते स्वंय जिल्ला अदातल तनहुँमा उपस्थित भएका थिए । अदालतमा उपस्थित भएर तारेखमा छुट्नेहरुमा तनहुँ घिरिङ गाउँपालिका वडा नं. १ बस्ने बर्ष २५ को अमृत खनाल, बर्ष २८ को बेल बहादुर ढेगा मगर भन्ने सन्त बहादुर राना, बर्ष २१ को ईन्द्र बहादुर ढेगा मगर भनि चिनिने ईन्द्र बहादुर थापा, बर्ष २५ को भेष बहादुर श्रेष्ठ र बर्ष २८ का पदम बहादुर मगर एक एक लाख धरौटी राखी तारिखमा छुटेको हुन ।
जिल्ला प्रहरी कार्यालय तनहुँ बाट विभिन्न अपराधमा संलग्न रही फरार रहेका प्रतिबादीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउनको लागि जिल्ला प्रहरी कार्यालय तनहुँले ब्यापक रुपमा प्रहरी परिचलान गरी खोजतलास कार्यलाई तिब्रता दिदै आएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन