पोखरा । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूमाथि गम्भीर षडयन्त्र गरिएको दाबी गरेका हुन्। उनले आफू अहिले मानसिक र शारीरिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन्। साथै आफू चाँडै नेपाल आउन लागेको उनले बताएका छन्।
‘मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था रहेन’, उनले भनेका छन्, ‘यी सब कुराले मलाई एकातिर मानसिक असर ग¥यो भने अर्कातिर म बिरामी अवस्थाबाट गुज्रिन प¥यो र मानसिक तनाव र स्वास्थ्य खराबीका कारणले मैले मलाई आईसोलेसनमा राखेर बसेको छु।’
उनले पीडितले दिएको जाहेरीलाई ‘झुटा’ उल्लेख गर्दै अपराधीको रुपमा चित्रणले आफूलाई मानसिक र शारीरिकरुपमा प्रभावित पारेको पनि भनेका छन्।
‘झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरूको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झुटा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु।’ उनले भनेका छन्, ‘राष्ट्रको लागि दीलो ज्यानले खेलि रहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भिर षड्यन्त्रको सिकार भएको महशुस भएको छ।’
सम्बन्धित खबर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
मनाङमा लुलुगाई मारेको आरोपमा ३ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग