काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताएका छन्।
आज बिहान सामाजिक सञ्जालमार्फत् उनले अक्टोबर ६ अर्थात् असोज २० गते देश फर्कने बताएका हुन्।
उनले देश फर्केपछि आरोपविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन्। साथै उनले छिटोभन्दा छिटो न्याय पाउनेमा आशावादी रहेको पनि उल्लेख गरेका छन्।
‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन्।
केही दिन अगाडि उनले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेशन’ मा बस्नु परेकाले नेपाल आउन केही ढिला भएको उल्लेख गरेका थिए। राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेले आफूमाथि लागेको आरोप झुटो भएको र त्यसको प्रतिवाद गर्ने बताउँदै आएका छन्।
लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरिसकेको छ।
गएको भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध भदौ २२ गते गौशाला प्रहरीमा जाहेरी परेको थियो। उजुरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। त्यसपछि उनी फरार छन्।
सम्बन्धित खबर
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन