काठमाडौं । नेपालको विभिन्न पर्यटकीय क्षेत्रमा पदायात्रा तथा पर्वतारोहणमा जाने विदेशी पर्यटकलाई जानाजान बिरामी बनाएर केहि ट्रेकिङ व्यवसायीहरुले कमाउ धन्दा गरिरहेको उजुरीबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले छानबिन सुरु गरेपछि सो क्षेत्रमा हंगामा भएको छ
पर्यटकलाई बिरामी बनाएर व्यवसायीले कमाउ धन्दा गरेकोबारे उजुरी परेपछि मन्त्रालयले छानबिन समिति बनाएको छ ।
पदयात्राका क्रममा बिरामी नपर्ने अवस्था भएपनि विभिन्न उपाय अपनाएर पर्यटकलाई बिरामी बनाई हेलिकप्टरबाट उद्दार गर्ने र सो बापत बीमा दाबी गरी व्यवसायीहरुले कमाउ धन्दा थालेको उजुरी मन्त्रालयमा परेको थियो ।
यसबारे पर्यटन व्यवसायीभित्र समेत बहसको विषयमात्रै भएन तत्कालिन पर्यटनमन्त्री रहेका जितेन्द्र देवलाई केहि व्यवसायीले ध्यानाकर्षण समेत गराएका थिए । तर, उनले सो बारे छानबिन गर्न चासो नदेखाएपनि अहिले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा रवीन्द्र अधिकारी आएसँगै चासो देखाउँदै छानबिन समिति बनाएका हुन् ।
मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएर छानबिनलाई अघि बढाएको छ ।

समितिले पर्यटकलाई लेक लाग्नेलगायतका स्वास्थ्य समस्या तथा अन्य विपदको उद्दारको नाममा ट्रेकिङ–ट्राभल्स कम्पनी, हेलिकप्टर सेवा प्रदायक संस्था र अस्पतालसमेतको मिलेमतोमा फर्जी विवरणहरु तयार गरी बीमा रकम दाबी गर्ने र ठगी हुने गरेकोबारेमा आवश्यक छानबिन गरी असार १५ भित्र प्रतिवेदन तयार पार्नेछ ।
पर्यटनमन्त्री अधिकारीले ट्रेकिङ व्यवसायीको बदमासीका कारण देशकै बद्नाम हुने अवस्था आउन खोजेको भन्दै यस्ता कम्पनीहरुमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने बताएका थिए । उनले त्यस्तो गलत धन्दा गर्नेहरु सिधै जेल जाने र इजाजत समेत खारेज गर्ने बताउँदै आएका छन् ।
व्यवसायीहरुको बदमासीका कारण नेपालका लागि विदेशी बीमा कम्पनीहरुले बीमा समेत गर्न आनाकानी गर्न थालेको खबरहरु बाहिर आइरहेको बेला मन्त्रालयले चालेको कदमलाई महत्वका साथ हेरिएको छ ।
यसो त केही पर्यटकले यस्तो गलत धन्दा गर्ने कम्पनीबारे उजुरी गरेपछि उनीहरुलाई ट्रिप एडभाइजरीले कालोसूचीमा राखेको थियो । तर कालोसूची छल्दै फेरि नयाँ कम्पनी खडा गरेर उनीहरुले पर्यटकलाई ठग्ने धन्दा चलाइरहेका छन् ।
रातोपाटीलाई प्राप्त जानकारी अनुसार नेपाल पर्यटन बोर्डका पूर्व सदस्य र टानका वर्तमान र पूर्व कार्यसमितिका केही पदाधिकारी यस्तो धन्दामा संलग्न छन् ।
पर्यटकहरुलाई लेक लाग्ने लगायतका स्वास्थ्य समस्या तथा अन्य विपतको उद्धारको नाममा ठगी गरेर कमाएको पैसाले अहिले केहि पर्यटन व्यवसायीले आर्थिक हैसियतमै कायापलट गरेका छन् ।
यस्तै व्यवसाय चलाउनेमा ठमेलमा कार्यलय रहेको फ्लाइट कनेक्सन इन्टरनेशनल नामक ट्राभल्स एजेन्सी अग्रस्थानमा रहेको छ ।
स्रोतका अनुसार फ्लाइट कनेक्सन इन्टरनेशनल ट्राभल्स एजेन्सीका सञ्चालक श्याम सुन्दर कँडेलले विदेशी पर्यटकलाई फर्जी बिरामी बनाएर उद्दारको नाममा ठगी गर्दै आएका छन् ।
सम्बन्धित खबर
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह