राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कास्कीको अध्यक्षमा तुलसा क्षेत्री निर्विरोध चयन भएकी छन् ।
आठौँ जिल्ला अधिवेशन तथा २१ औँ साधारण सभाले प्रथम उपाध्यक्षमा परशुराम अधिकारी, द्वितीय उपाध्यक्षमा दिपक अधिकारी, महिला उपाध्यक्षमा रिता कार्की कुँवर, सचिवमा नारायण बहादुर सुनार, सहसचिवमा रचित पौडेल, कोषाध्यक्षमा नवराज अधिकारी र सहकोषाध्यक्षमा दुर्गा क्षेत्रीलाई चयन गरेको हाे ।
सहसचिव पदमा रचितलाई सबैले समर्थन जनाए । अन्य सबै पदमा आकांक्षी रहेपनि राति अबेरसम्म मेहनत गरेर सर्वसम्मत कमिटि चयन गरिएको थियो । सदस्यहरुमा सुनिल गायक, बज्रराज अधिकारी, कमला केसी, भानु पौडेल, बिनोद रामदाम, दिवाकर भन्डारी, किसान नेपाली, प्रकाश आचार्य, पुजा तामाङ, मनोज नेपाली, समिर रामदाम, श्याम बहादुर क्षेत्री, श्याम बहादुर अधिकारी, कृष्ण प्रसाद भट्टराई, कमला सुनार, राजेन्द्र पोख्रेल र आरति अधिकारी चयन भए ।

विभिन्न व्यक्तित्व सम्मानित
त्यस्तै, प्रतिष्ठान कास्कीले तीन वर्षको कामको मुल्यांकन गदै उत्कृष्ट कार्य समिति सदस्यबाट रचित पौडेललाई सम्मान गरेको छ । यसैकारण पनि सबैसँग मिलनसार र आदरभाव जनाउने रचितले सहसचिव पद दाबी गर्दा कसैले पनि उनको विरुद्धमा उम्मेदवारी प्रस्तुत गरेनन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत पत्रकारिता पुरस्कारबाट पत्रकार एकराज गिरी सम्मानित भए । कार्यक्रमा लोकदोहोरी गायक बद्री पराजुली, अधिवक्ता दुर्गाप्रसाद कोइरालालाई पनि नगद, सम्मानपत्र सहित खादा लगाएर सम्मान गरिएको थियो ।
उत्कृष्ट विभाग प्रमुख सुनिल गायक, प्रोत्साहन पुरस्कारबाट दिवाकर भण्डारी र अनुशासित सदस्य पुरस्कारबाट नवराज अधिकारीलाई सम्मान गरेको छ ।
सम्मानित सवैलाई प्रमुख अतिथि प्राज्ञ तथा प्रतिष्ठान पूर्व केन्द्रीय अध्यक्ष एवं कल्याणकारी कोषका अध्यक्ष प्रजापति पराजुली, प्रतिष्ठानका पूर्व अध्यक्ष एवं कोषका उपाध्यक्ष पुरुषोत्तम न्यौपाने, कानुनी सल्लाहकार नारायणप्रसाद शर्मा, प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पराजुली र पूर्व केन्द्रीय अध्यक्ष न्यौपानेसहित प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल, पूर्व केन्द्रीय उपमहासचिव चोलेन्द्र पौडेल, पूर्व केन्द्रीय सदस्य तारापति सुवेदी, प्रतिष्ठानका सल्लाहकार दुर्गाप्रसाद कोइराला, कानुनी सल्लाहकार नारायणप्रसाद शर्मा, प्रतिष्ठानका गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङ, प्रतिष्ठानका संस्थापक कोषाध्यक्ष शान्ति गुरुङ, प्रतिष्ठानका पर्वतका अध्यक्ष दिपक गदाल, सम्मानित व्यक्तित्व बद्री पराजुली, केन्द्रीय सदस्य शंकर बिरहि गुरुङ लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो