पोखरा। नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का नेकपा एमाले नेता कार्यकर्ता आगामी प्रतिनिधि तथा प्रदेश सभाको तयारीमा जुटेका छन् । चुनावकै तयारी स्वरुप एमालेले क्षेत्र नम्बर ३ को निर्वाचन क्षेत्रीय समन्वय कमिटीको कार्यालय स्थापना गरेको छ ।
एमाले पोलिटब्यूरो सदस्यद्वय जगत विश्वकर्मा, सीता गिरि ओली, प्रतिनिधिसभा र प्रदेश सभा उम्मेद्वारको उपस्थितिमा पोखरा २ मिरुवामा क्षेत्र नम्बर ३ को चुनावी हेडक्वाटर स्थापना गरिएको हो ।
एमालेको तर्फबाट कास्की ३ मा प्रतिनिधिसभा सदस्यमा दामोदर पौडेल बैरागी, प्रदेश सभा ‘क’ मा गणेशमान गुरुङ र प्रदेश सभा ‘ख’ मा राजीव पहारी उम्मेद्वार छन् ।
कार्यालय स्थापनापछि बोल्दै प्रतिनिधिसभा उम्मेद्वार पौडेलले गठबन्धनलाई हराएर जनताले आफूलाई रोज्ने दाबी गरे । उनले कास्की क्षेत्र नम्बर ३ पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले पर्यटन केन्द्रित योजना ल्याउनेमा आफ्नो ध्यान जाने बताए ।
पर्यटनको बसाइँ लम्ब्याउन फेवाताल आउने पर्यटकलाई कास्कीकोटदेखि पञ्चासेसम्म लैजान आवश्यक रहेको उनले बताए । त्यसका लागि गन्तव्य पहिचान र प्रवद्र्धनका योजना ल्याउने उम्मेद्वार बैरागीले सुनाए । अहिले प्रदेश सरकारमा भएकाले करको दर मनपर्दी बढाएकाले जनताले त्यस्ता व्यक्तिलाई निर्वाचित गर्न नहुने उम्मेद्वार पौडेलको भनाइ थियो ।
प्रदेश सभा (क) का उम्मेद्वार गुरुङले आफू हरेक सुखदुखमा जनतामाझ नै रहनुको नतिजा चुनावले देखाउने बताए । प्रतिस्पर्धीलाई भारी मतले हराउनेमा उनी ढुक्क देखिए । उम्मेदवार गुरुङले आफू क्षेत्र नम्बर ३ का हरेक गाउँठाउँका समस्याबारे जानकार रहेकाले जितेपछि समस्या समाधानमा सक्रिय रहने प्रतिबद्धता जनाए ।
अर्का उम्मेद्वार पहारीले पछिल्लो पाँच वर्षमा सक्दो जनतामैत्री काम गरेको बताए । आफूले गरेको काम देखेर पार्टीले पनि पत्याएको र मतदाताले पनि फेरि जिताउने उनको भनाइ थियो । पहारी २०७४ सालको निर्वाचनमा पनि कास्की क्षेत्र नम्बर ३ ख बाटै निर्वाचित भएका थिए । उनी संसदमा जनताका समस्या उजागर गर्ने र संसदीय गतिविधिमा सक्रिय सहभागिता जनाउने सांसदका रुपमा चिनिन्छन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ