काठमाडौं । हङकङ जाने लोभमा पर्दा २७ जनाको एक करोड ४९ लाख ५० हजार रुपैयाँ गुमेको छ । यमबहादुर गुरुङ, मिलन गुरुङ, लक्ष्य गुरुङ लगायत २७ जना हङकङ जान खोज्दा गोरखाका जीवन गुरुङ र लमजुङकी सञ्चिता गुरुङबाट ठगिएका हुन् ।
दुवै जना फरार छन् । पीडितहरुले बिहीबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आफूहरुलाई हङकङ लैजाने भनेर ठग्नेलाई तत्कालन पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।
२०७२ सालमा उनीहरुबाट ७ लाख, ८ लाख र १० लाख दरले मोटो रकम उठाएर दुई जना फरार भएको बताउँदै पीडितहरुले राज्यले आफूहरुको समस्यालाई चासो नदिएको गुनासो गरे ।
‘लम्जुङको दोर्दी गाउँपालिका वडा नम्बर ९ घर भएकी सञ्चिता गुरुङले हामीलाई हङकङ लैजान्छु भनेर रकम लिएकी थिइन्’, पीडित मध्येका यमबहादुर गुरुङले भने, ‘त्यसपछि हामीलाई भारतको दिल्लीमा लगे र त्यहाँ गोरखा घर भएका जीवन गुरुङ हामीलाई पिकअप गर्न आए, हामीलाई होटेलमा राखियो, मैले आफ्नो बारेमा बुझ्न खोज्दा धम्की पूर्ण कुराहरु आयो ।’
उनले थपे, ‘हामीले प्राप्त गरेका कागजहरु हेर्दा शंका लागेर मैले आवाज उठाएँ । तर, अरु केही साथीहरुले जीवन गुरुङकै कुरा सुने । आखिर पछि हामी २७ जना नै विचलित हुनबाट जोगिएर नेपाल फर्किनु पर्यो । सञ्चिता र सुमन रनपाल झापाबाट फरार भए, जीवन गुरुङ दिल्लीबाटै फरार भए ।’
उनले अघि थपे, ‘हामी २७ जना मध्ये एकजना हरिबहादुर राना मगरका बाबाले रण बहादुर रानाले चितवनमा रहेको जग्गा धितो राखेर १० लाख पैसा बुझाउनु भएको थियो, आजको दिनमा त्यो जग्गा बैंकले लिलाम गर्ने तयारी गरिरहेको छ, यस्तो स्थितिमा पनि हामी पीडितहरुले न्याय पाउन सकेका छैनौं ।’
सम्बन्धित खबर
निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
निर्वाचन आयोग आचारसंहिता पालना गराउन सक्रिय, २१ जनालाई स्पष्टीकरण सोधियो
बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?
नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो
सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलीः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो