काठमाडौं । हङकङ जाने लोभमा पर्दा २७ जनाको एक करोड ४९ लाख ५० हजार रुपैयाँ गुमेको छ । यमबहादुर गुरुङ, मिलन गुरुङ, लक्ष्य गुरुङ लगायत २७ जना हङकङ जान खोज्दा गोरखाका जीवन गुरुङ र लमजुङकी सञ्चिता गुरुङबाट ठगिएका हुन् ।
दुवै जना फरार छन् । पीडितहरुले बिहीबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आफूहरुलाई हङकङ लैजाने भनेर ठग्नेलाई तत्कालन पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।
२०७२ सालमा उनीहरुबाट ७ लाख, ८ लाख र १० लाख दरले मोटो रकम उठाएर दुई जना फरार भएको बताउँदै पीडितहरुले राज्यले आफूहरुको समस्यालाई चासो नदिएको गुनासो गरे ।
‘लम्जुङको दोर्दी गाउँपालिका वडा नम्बर ९ घर भएकी सञ्चिता गुरुङले हामीलाई हङकङ लैजान्छु भनेर रकम लिएकी थिइन्’, पीडित मध्येका यमबहादुर गुरुङले भने, ‘त्यसपछि हामीलाई भारतको दिल्लीमा लगे र त्यहाँ गोरखा घर भएका जीवन गुरुङ हामीलाई पिकअप गर्न आए, हामीलाई होटेलमा राखियो, मैले आफ्नो बारेमा बुझ्न खोज्दा धम्की पूर्ण कुराहरु आयो ।’
उनले थपे, ‘हामीले प्राप्त गरेका कागजहरु हेर्दा शंका लागेर मैले आवाज उठाएँ । तर, अरु केही साथीहरुले जीवन गुरुङकै कुरा सुने । आखिर पछि हामी २७ जना नै विचलित हुनबाट जोगिएर नेपाल फर्किनु पर्यो । सञ्चिता र सुमन रनपाल झापाबाट फरार भए, जीवन गुरुङ दिल्लीबाटै फरार भए ।’
उनले अघि थपे, ‘हामी २७ जना मध्ये एकजना हरिबहादुर राना मगरका बाबाले रण बहादुर रानाले चितवनमा रहेको जग्गा धितो राखेर १० लाख पैसा बुझाउनु भएको थियो, आजको दिनमा त्यो जग्गा बैंकले लिलाम गर्ने तयारी गरिरहेको छ, यस्तो स्थितिमा पनि हामी पीडितहरुले न्याय पाउन सकेका छैनौं ।’
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह