पोखरा । पोखरामा तेस्रो ‘मेगा एजुकेशन फेयर’ शुक्रबारदेखि सुरु भएको छ । न्युरोडको सिटी स्क्वायरमा विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि मेला सञ्चालन भएको हो । इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा वर्षेनी आयोजना गरेको मेलाको यो तेस्रो संस्करण हो । दुई दिने मेला आजसम्म चल्नेछ ।
शुक्रबार मेलाको प्रिजेन्टर समेत रहेको क्विन्सफोर्ड कलेजका प्रतिनिधि एवं इक्यानका केन्द्रिय निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, टाइटल स्पोन्सरमा ग्लोबल रिचकी शाखा प्रबन्धक सरीता गुरुङ र फेयरका इन एशोसिएशन विथमा इम्पल्स इन्टरनेशनलका प्रबन्ध निर्देशक सन्दिप अर्यालले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे ।

अध्ययनका लागि रोजाईका मुलुकहरु अष्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापान लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले शैक्षिक मेलाको आयोजना गरिएको वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले बताए ।
फेयरमा उत्कृष्ट कलेज र युनिर्भसिटि तथा कन्सल्टेन्सिहरु गरि २० वटा भन्दा बढी संस्थाहरु सहभागी छन् । जहाँ नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरु रहेको आयोजकले जनाएको छ ।
यस मेलामा विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरुबाट छात्रवृत्ति सम्बन्धी जानकारी, आईएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङलाई प्रमुखताका साथ जानकारी गराइने बताइएको छ । क्विन्सफोर्ड कलेज प्रस्तुतकर्ता रहेको यस फेयरमा विद्यार्थीले अस्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापानलगायतका अन्य देशका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउन सक्नेछन् । फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिएने छ । फेयरमा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउने छन् ।

यस एजुकेशन फेयरका इन एशोसिएशन विथमा इम्पल्स इन्टरनेशनल रहेको छ । फेयरको मुख्य प्रायोजकहरुमा इप्लानेट, एक्सेस एजुकेशन, इनसर्च एजुकेशन, थर्ड आई एजुकेशन, नेप्कम्स युनिस्टार, कंगारु, न नेक्स्ट, मेट्स इन्टरनेशनल, प्याकेशिया, बुम¥याङ इन्टरनेशनल, प्रोफेशनल एजुकेशनल, काठमाण्डु इन्फोसिस, अष्ट्रेलियन टेक्निकल कलेज, ओम्स अब्रोड, मिराकल इन्स्टिच्युट, अस् स्टडिज, डेल्टा, एई ग्लोबल लगायत रहेका छन् ।

मेलामा विद्यार्थीहरुको लागि विशेष अफरहरु पनि रहेको आयोजकले जनाएको छ । मेलामा आउने सुरुका एक हजार जनालाई हरेक दिन विशेष उपहार दिइने आयोजकले जनाएको छ । त्यस्तै, मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थीहरुमध्ये ‘लक्की ड्र’मार्फत मेलाको अन्तिम दिन एक जना विद्यार्थीले ल्यापटप बम्पर उपहारस्वरुप पाउने आयोजकले बताएको छ ।
अष्ट्रेलिया, अमेरिका र न्यूजिल्याण्डका कलेज तथा यूनिभर्सिटीहरुमा स्थलगत भर्ना तथा छात्रवृत्ति सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । यस्तै, टेस्ट प्रिपेरेशन सम्बन्धी विशेष अफर समेत रहेको छ । त्यो संगै मेलामा सहभागिता जनाउने विद्यार्थीहरुले स्थानीयस्तरमा ‘आइएलटिएस’ कक्षा अध्ययनको लागि विशेष छुट समेत पाउनेछन् । विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा जाँदा कुनै समस्या नहोस् भन्ने हेतुले यो मेला आयोजना गरिएको ‘वान अप’ ले बताएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो