गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
विराटनगर । मोरङको उर्लाबारीमा छठ पूजा हेर्न गएका एक बालकको छुरा प्रहारबाट मृत्यु भएको छ।
आइतबार राति उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलाको किनारमा छठ पर्व हेर्न गएका झापाको दमक नगरपालिका १० का १४ वर्षीय दियुस श्रेष्ठको छुरा प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
छुरा प्रहारबाट गम्भीर घाइते उनलाई उपचारका लागि उर्लाबारीको गोदाबारी अस्पताल हुँदै विर्तामोडको बिएण्ड सी अस्पताल पुर्याइएको थियो । बीएण्डसीमा उपचारका क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो । छुरा प्रहारबाट बालकको बायाँ कोखामा गम्भीर चोट लागेको थियो।
प्रहरीका अनुसार घटनाको अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको छ भने घटनामा संलग्न अन्यको खोजी भइरहेको छ।
पुरानो रिसिईबीका कारण हत्या भएको प्रारम्भीक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
मनाङमा लुलुगाई मारेको आरोपमा ३ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग