गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
शनिबार, २६ जेठ २०७५


उक्त ट्रेनिङ सेमिनारमा क्लबका सदस्यहरु लाइ रोट्रयाक्ट क्लब अफ न्युरोड पोखराका सन्जिव पौडेल र रोट्रयाक्ट क्लब अफ बालाजुका विजय शर्माले ट्रेनिङ दिएका थिए । कार्यक्रममा पौडेलले रोट्रयाक्टमा बस्नुको फाइदा संगै क्लबको सानो खर्चमा समाजमा गर्न सकिने ठुला काम बारेमा बताएका थिए । त्यस्तै उनले क्लबको प्रमुख व्यक्तिले अन्य सबै सदस्यहरु लाइ संगै लिएर अगाडी बढ्नुपर्ने समेत बताएका थिए । क्लबमा सामुहिक एकता कायम गरि काम गर्दा क्लब संगै आफ्नो समेत धेरै फाइदा हुने हुदा सामुहिक रुपमा काम गर्नुपर्ने कुरामा उनले जोड दिएका थिए ।
त्यस्तै कार्यक्रममा विजय शर्माले थोरै तर राम्रो कार्यक्रम गर्न तर्फ क्लब लाग्नुपर्ने बताए । त्यसैगरी शर्माले पदभार ग्रहण गर्ने तर काम नगरी बस्ने बढी देखिएको समेत बताए । पद लिएपछी आफ्नो काम कर्तव्य लागि परेर गर्नुपर्ने समेत उनले बताए । क्लबका सदस्यहरुले सम्बन्धित पदमा रहेका मुख्य व्यक्तिहरु लाइ क्लबमा तथा आफु सदस्य लाइ आवश्यक रहेको कार्यक्रम ल्याउन र गराउनुपर्ने बारे बताउनुपर्ने उनले भने ।
त्यस्तै क्लबका अध्यक्ष शिखरलाल डोटेलले अब नयाँ आउने टिमले क्लब लाई अझै माथि पुर्याउने विश्वास लिएको बताए । कार्यक्रम क्लबका पुर्वअध्यक्ष सन्तोष श्रेष्ठ, निवर्तमान अध्यक्ष टिकाराम पनेरु, आगामी अध्यक्ष विपिन श्रेष्ठ लगाएतकाले बोलेका थिए । कार्यक्रममा क्लबका आगामी अध्यक्ष सहित चार जना डिरेक्टरहरुले अब आउने वर्ष १८/१९ को लागि आ-आफुले गर्न सक्ने कार्यक्रमहरुको बारेमा बताएका थिए । कार्यक्रममा करिब ३० सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक तथा क्लबका एसएए मदन तिमल्सेना जानकारी दिए ।












सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा