बाग्लुङ । विद्यालयबाट फर्किरहेका ११ वर्षीय बालकले बाँस ढलेर लत्रिएको तार छुन पुग्छन् । उनको तत्काल मृत्यु हुन्छ । विद्युत आयोजना ५० हजार रुपैंया दिएर मिलापत्र गर्छ । यस्तो पनि हुन्छ ? भैंसी बराबर पनि नसोच्ने ? बाग्लुङ बडीगाड गाउँपालिका ५ (साबिक ग्वालिचौर २ गौतम टोल) का स्थानीयको आक्रोश हो यो ।
लब्दीखोला लघु जलविद्युत आयोजनाको लापर्बाहीले सिद्ध प्रावि कक्षा २ मा पढ्ने वर्ष ११ का कर्ण पुनको विद्युत करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । उनी विद्यालय छुट्टी भएर घरतर्फ आईरहेका थिए ।
बाटोमा बिजुली तारमा बाँस ढलेर तार लत्रिएको देखेपछि कस्तो तार रहेछ भनेर बालकले छुँदा करेण्ट लागेको प्रत्यक्षदर्शीले जनाएका छन् । लब्दीखोला लघु जलविद्युत परियोजना प्रथम (ख) ले मृतकका परिवारलाई ५० हजार क्षेतिपुर्ति दिने सहमति भएको गाउँपालिका अध्यक्ष मेहरसिँह पाईजाले जानकारी दिएका छन् ।
तुलबहादुर पुनका छोरा मृतक पुनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्यकेन्द्र बुर्तिवाङमा राखिएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रनि कृष्ण रानाले बताए ।
कतै करेण्ट लागेर ज्यान गुमाउनेका परिबारलाई लाखौँ रकम क्षतीपूर्ति दिने, कतै एउटा भैँसीको मुल्य सरह जम्मा ५० हजार दिने, यो कहाँको कानून हो ? भन्ने प्रश्न गर्दै स्थानीयले तत्काल उचित क्षेतिपूर्तिको माग गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो