किरण श्रेष्ठ, तनहुँ । तनहुँको शुक्लागण्डकी वडा नम्बर ७ खैरेनीटार बाट १२ जना जुवाडे नगद सहित पक्राउ परेका छन । खैरेनीटारमा रहेको हिराचन होटल एण्ड लजमा अबैध तबरबाट जुवा तास खेलीरहेको अवस्थामा १६० पत्ती तास र जुवा खालबाट नगद सहित उनीहरु लाइ प्रहरीले सोमबार पक्राउ गरेको हो ।
यसरि पक्राउ पर्नेहरुमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ बस्ने ३५ वर्षीय हरिराम आले, सोहि स्थान बस्ने वर्ष ५५ को भिमलाल श्रेष्ठ, वर्ष २९ को उज्वल शर्मा, वर्ष ४५ को विनोद श्रेष्ठ, वर्ष ५३ को शक्ति हिराचन, वर्ष ४२ को उपेन्द्र तिमिल्सिना, वर्ष ३१ को निर्मल सिंह ठकुरी, वर्ष ३० दिपक अधिकारी, वर्ष ४३ को गंगाराम श्रेष्ठ, वर्ष ६४ को रामलाल हिराचन (घरबेटी), वर्ष ३२ को पदम थापा र गोरखाको गोरखा नगरपालिका २ बस्ने वर्ष ३४ को राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रनाउ सुनिल मल्लले जानकारी दिए ।
गोप्य सूचनाका आधारमा प्रहरीले उक्त होटल खानतलासी गर्दा होटलको कोठामा अबैध तबरबाट जुवातास खेल्दै गरको अवस्थामा जुवा खालबाट नगद १ लाख २ हजार ६ सय १५ रुपैया सहित जुवाडेहरु लाइ नियन्त्रण लिइएको प्रहरी जनाएको छ । जुवा खेल्ने खेलाउने ब्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन