नेपाली भाषा शिक्षक परिषद्, कास्की, नेपालले नेपाली हिज्जे प्रतियोगिता शनिबार सम्पन्न गरेको छ ।
प्याब्सन कास्कीको सभाहलमा भएको उक्त प्रतियोगितामा केफ माध्यमिक विद्यालय प्रथम, न्याश्नल इन्भेन्टिभ द्वितीय , वेलनन एकेडेमी तृतीय, डायमण्ड मावि चतुर्थ र बालप्रभात बोर्डिङ र मदरल्याण्ड मावि सान्त्वना भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख लक्ष्मण देवकोटाले विद्यार्थीहरूको अद्भूत क्षमताप्रति अति नै खुसी भएको बताउँदै भाषा विकास र देश विकासका लागि नेपाली भाषा उत्तिकै महत्व भएको कुरा व्यक्त गरे ।
सामाजिक अध्ययन मञ्चका अध्यक्ष दिनेश अर्याल र परिषद्का सल्लाहकार तथा निर्णायक संयोजक दिनेश सापकोटा रहेका कार्यक्रममा निर्णायकका रूपमा डोलराज अर्याल , शिवहरि सुवेदी, शशी शिशिर ढुङ्गाना, नारायण पराजुली, पोस्टराज सुवेदी , विष्णुप्रसाद पौडेल, पार्वती खनाल, टुका सुवेदी र इन्दिरा सापकोटा रहेका थिए
नेपाली भाषा शिक्षक परिषद्का अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक विक्रम पौडलले स्वागत मन्तव्य व्यक्त गरे भने कार्यक्रमको सञ्चालन सचिव सूर्यप्रसाद लम्सालले गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’