पोखरा । पृथ्वीनारायण क्याम्पसमा आइतबारदेखि अन्तर संकाय सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ । खेलकुदमा करिब १ हजार विद्यार्थीको सहभागिता हुने भएकाले क्याम्पस परिसरमा छुट्टै रौनिक देखिएको छ ।
नेपालकै दास्रो ठुलो आंगिक कलेजको रुपमा परिचित पोखरा महानगर १ स्थित पृथ्वीनाराण क्याम्पसले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको नियमित प्रतियोगितालाई निरन्तरता दिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एउटा कलेजले यति ठुलो प्रतियागिताको आयोजना गर्नु प्रशंसनीय कार्य भएको जनाए ।
‘मानव जीवनमा खेलकुदको महत्व अपरिहार्य छ’ मेयर आचार्यले भने ‘खेलकुदले शारीरिक, मानसिक र मनोविज्ञानमा समेत प्रत्यक्ष प्रभाव पार्दछ, तपाईहरु पनि खेलकुदमा सहभागिता जनाउनुहोला ।’
यस्तै, क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले कोरोना महामरीले २ वर्ष खेलकुद बिथोलेपछि पुनः सुरु गरेको जानकारी दिए । विद्यार्थीहरु भोलीको दिनमा विभिन्न क्षेत्र पुग्नेछन् भन्दै कोइरालाले खेलकुदबाट पनि देशको शिर उँचो राख्न सकिने बताए ।

‘अध्ययनले मानसिक चेतको विकास गर्छ भने खेलकुदले शारीरिक विकास र अनुशासनमा सघाउ पुग्छ’ उनले भने ‘भोलीका दिनमा खेलकुदलाई पनि करिअर बनाउन सकिन्छ ।’
प्रतियोगिताको एथ्लेटिक्सतर्फको ५ किमी सडक दौड भने सम्पन्न भएको छ । दौडमा छात्र छात्रा गरी जम्मा ५३ जनाले सहभागिता जनाएका थिए ।
छात्रतर्फ व्यव्स्थापन संकाएका सञ्जोक घर्ति मगरले १७ मिनेट ५१ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान, व्यवस्थापन संकायकै विवेक तिलिजाले १८ मिनेट ७ सेकेन्डमा दुरी पार गर्दै दोस्रोे र व्यवस्थापन संकायकै आकाश थापाले १८ मिनेट ५३ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल भए ।
त्यस्तै छात्रातर्फ व्यव्स्थापन संकायका अनिशा भणडारीले २५ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरे, व्यवस्थापनकै अञ्जु गिरीले २५ मिनेट ५७ सेकेन्डमा दुरी पार गर्दै दोस्रो र मानविकी संकायका सुशिला शाहीले २६ मिनट २४ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल रहे ।
विजेतालाई त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका प्रमुख प्रा.डा. विनिल आचार्यले मेडल प्रदान गरेका छन् । प्रमाणपत्र र नगद राशी भने समापन कार्यक्रममा दिइने क्याम्पस प्रशासनले बताएको छ ।
प्रतियोगिता १४ गतेसम्म चल्नेछ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन