पोखरा । पहिलो ‘राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७५ बाट गण्डकन्युज डटकमकी नवलपुर संवाददाता कमला रानामगर सम्मानित भएकी छन् ।
मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ कास्की शाखाद्वारा सञ्चालित पुरस्कारबाट नवलपुरकी पत्रकार रानामगरलाई बुधबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।
मगरात क्षेत्रको लोकप्रिय नाच मानिने कौह्राको संरक्षण र प्रवद्र्धनमा पत्रकारितामार्फत् योगदान पु¥याएको भन्दै रानालाई प्रमुख अतिथि प्रदेश नं. ४ का सामाजिक विकासमन्त्री नरदेवी पुनले नगद ५ हजार १ रुपैयाँ सहित सम्मानपत्र, दोसल्ला र खादाले सम्मान गरिन् । पुरस्कारबाट सम्मानित राना हाल रेडियो मध्यविन्दु, कावासोती, नवलपुरको समाचार प्रमुखका रुपमा कार्यरत छिन् भने लुम्बिनी आदर्श डिग्री कलेजकी सहायक प्राध्यापक र नेपाल मगर पत्रकार संघको केन्द्रीय सदस्य समेत हुन् ।

सम्मान कार्यक्रममा बोल्दै मन्त्री पुनले मगर समुदायमा अझै पनि आफ्नो पहिचानको विषयमा अन्यौलता रहेको बताईन् । त्यसैले पहिचानको सवालमा प्रतिबद्ध रहन उनले सम्पूर्ण मगर समुदायलाई आग्रह गरिन् ।
प्रदेश नं. ४ का सांसद् रोशन गाहामगरले मगर जाति सांस्कृतिक रुपले सम्पन्न भएको उल्लेख गर्दै मगर संस्कृतिको संरक्षण र विकासका लागि राज्यले विशेष सहयोग गर्नुपर्नेमा जोड दिए । कौरा नृत्य नेपालको महŒवपूर्ण सांस्कृतिक सम्पदा भएको बताउँदै सांसद् गाहाले प्रचारप्रसार र लिखित दस्तावेजका लागि पत्रकारहरूको विशेष भूमिका हुने उल्लेख गरे ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपाल विज्ञ समितिका संयोजक यामबहादुर आलेमगरले कौरा नृत्य लोप हुने अवस्थामा पुगेकोले सम्पूर्ण मगर समुदाय होसियार हुनुपर्नेमा जोड दिए । संस्कृतिलाई बंग्याइनु गलत भएको भन्दै आलेले संस्कृतिको वास्तविकता र मौलिकतालाई ख्याल गरिनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय संरक्षक झकबहादुर थापामगर, पुरस्कार संस्थापक राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका केन्द्रीय अध्यक्ष हर्क आलेमगर, प्रतिभा छनौट समितिका संयोजक एवं नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एम.बी. आस्था मगर, नेपाल महिला मगर संघ, कास्कीका अध्यक्ष नुनु रानामगर, तमुसञ्चारकर्मी संघ नेपाल, कास्कीका अध्यक्ष शान्ति गुरुङलगायतले भाषिक, सांस्कृतिक पहिचानका विषयमा बोलेका थिए ।
सोही अवसरमा नेपाल मगर विद्यार्थी संघ, तनहुँका कलाकारहरूले प्रत्यक्ष मौलिक कौरा नृत्य प्रस्तुत गरेका थिए । नेपाल मगर पत्रकार संघ कास्कीका उपाध्यक्ष विनु थापामगरले स्वागत गरेको कार्यक्रममा राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका उपाध्यक्ष तारामाया थापामगरले प्रतिभाको परिचय दिएका थिए । नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव उमा आलेमगरले गरेका थिए ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालको स्थापना दिवस खासमा जेठ १५ गते भएपनि विशेष कारणवश यसपटक ढिलो भएको र आगामी वर्षदेखि जेठ १५ गणतन्त्र दिवसकै दिन पुरस्कार प्रदान गरिने समितिका अध्यक्ष हर्क आलेमगरले जानकारी दिए । यो वर्ष समितिको तेस्रो स्थापना दिवसको सन्दर्भ पारेर पुरस्कार वितरण गरिएको हो । मगरात क्षेत्रको लोकप्रिय नाच मानिने कौराको संरक्षण र प्रवद्र्धनमा पत्रकारितामार्फत् योगदान पु¥याउने एक जना पत्रकारलाई हरेक वर्ष यो पुरस्कारबाट पुरस्कृत गर्ने गरी पुरस्कार अक्षयकोष स्थापना गर्ने तयारी समेत भइरहेको आलेमगरले बताए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो