पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा १५ मा जारी वृहत खेलकुद महोत्सवको उद्घाटन गरेका छन्। बिहीबार वडावासीहरूको व्यापक सहभागिताका बिच मेयर आचार्यले वडा स्तरीय वृहत खेलकुद महोत्सवको उद्घाटन गरेका हुन्।
उद्घाटन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले अन्य कुरामा मानिसहरूका मतभेद रहेपनि, बिचार नमिलेपनि खेलकुदले सम्पूर्ण लाई राष्ट्रिय एकतामा ल्याउन मद्दत गर्ने बताए। उनले आज सबै जना एउटै झन्डा मुनि उभिएको भन्दै यसले व्यक्तिगत स्वास्थ्य सँगसँगै समाजलाई पनि सकारात्मक ऊर्जा भर्ने विश्वास व्यक्त गरे। मेयर आचार्यले सबै उमेर समूहका मानिसहरु बिच खेलकुदको कार्यक्रम राखेर नमुना कार्य गरेको र सुरुवातको दिनदेखि नै पोखराका ३३ वटै वडा मध्ये वडा नं १५ ले पृथक ढंगले कामहरू अगाडी बढाएको भन्दै वडाअध्यक्ष तोरण बहादुर बानियाँलाई धन्यवाद दिए।

खेलकुद महोत्सवले वडामा रहेका आमा समूह, टोल विकास संस्था र युवा क्लबहरू बिचमा आपसी सहयोग, चिनजान तथा भाइचाराको विकास गर्नेमा अध्यक्ष बानियाँले आशा व्यक्त गरे। उनले वडाका नागरिक स्वस्थ भए घरको वातावरण स्वस्थ हुने र स्वस्थ नागरिकले समाज र राष्ट्रका लागि योगदान दिन सक्ने बताए। बानियाँले विकास सँगसँगै शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुदको आवश्यकता पर्छ भन्ने उद्देश्यले खेलकुद कार्यक्रमको आयोजना गरिएको बताए।

यस्तै, वडा सदस्य तथा कार्यक्रम संयोजक आशिष भण्डारीले खेलकुद कार्यक्रम महोत्सवले वडावासी नागरिकमा सामाजिक सद्भावका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे। उनले स्वास्थ्य सँगसँगै खेलकुद कार्यक्रमले खेलाडीहरू उत्पादन गर्ने र यहाँबाट उत्पादन भएका खेलाडीहरू महानगर, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुगुन् भन्ने आफूहरूको लक्ष रहेको बताए।
उद्घाटन समारोहमा खेलाडी, समाजसेवी, पूर्व जनप्रतिनिधि, प्राध्यापक लगायत वडाका १५ वटा आमा समुहको टोली ब्यानर सहित उपस्थित भएका थिए भने, छोटो सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।
बिहीबार पुरुष फुटबलतर्फ ५ र महिला भलिबलतर्फ ६ खेल सम्पन्न
बिहीबार पुरुष फुटबल तर्फ ५ खेल सम्पन्न भएको छ। आजको पहिलो खेलमा श्री १५ ले ट्राइबेकरमा गलेश्वर युवा क्लबलाई ७-६ गोल अन्तरले पराजित गरेको छ। यस्तै नयाँ गाउँ युवा क्लबले जनशक्ती टोल विकास संस्थालाई ५-०, प्रतिभा टोल विकासले ठूली मजुवा युवा क्लबलाई २-०, जना जागृति युवा क्लबले फलेपाटन टोल विकास संस्थालाई ट्राइबेकरमा ३-२ र दिव्य ज्योतीले नयाँ गाउँ युवा क्लबलाई २-० गोल अन्तरले पराजित गरेको छ।
यस्तै, महिला भलिबलतर्फ कोलपाटन आमा समुहले भगवतीटार आमा समुहलाई, प्रतिभा आमा समुहले दुई खेल खेल्दै ढुंगेसाँघु आमा समूह र आदर्श आमा समुहलाई, एकता आमा समुहले दुई खेल खेल्दै कोपिला आमा समुह र श्री जनशक्ती टोल आमा समुहलाई पराजित गरेको छ। भने, जन जागृति आमा समुहले कोलपाटन आमा समुहलाई पराजित गरेको छ।
भोली पुरुष फुटबल, महिला पुरुष भलिबल, ४० वर्ष माथिका महिला र ५० वर्ष माथिका पुरुष दौड, रस्साकस्सी लगायतका खेलमा प्रतिस्पर्धा हुनेछ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा