स्याङ्जा । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले विद्यालयलाई प्रविधि मैत्री बनाउनुपर्ने बताएका छन् । दामगाडे माविको हीरक वर्ष स्मारिका बुधबार विमोचन गर्दै सुवेदीले शिक्षाको विकास प्रविधि बिना नहुने बताए । शिक्षाको विकास गर्न सके सबै क्षेत्रको विकास हुने दाबी गर्दै सुवेदीले विद्यालयलाई इन्टरनेटको माध्यमबाट प्रविधिमा जोडेको बताए ।
उनले फेदीखोलाका सबै मावि प्रविधि मैत्री भएको बताउँदै गाउँपालिकाबाट उत्पादित विद्यार्थीलाई गापामै कम्प्युटर शिक्षा प्रदान गर्ने दाबी समेत गरे । कार्यक्रममा स्मारिका सम्पादन मण्डलका सदस्य हुमनाथ शर्मा, वडाध्यक्ष खीमबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुकबहादुर गुरुङ लगायतले बोलेका थिए । हीरक वर्ष स्मारिका विमोचन कार्यक्रममा हीरक जयन्तीको अवसरमा सहयोग गर्ने २४ जना सहयोग दाता र अक्षयकोष दातालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
विद्यालयका ६८ दलित विद्यार्थीलाईर ४२ छात्र-छात्रालाई शैक्षिक छात्रवृत्ति प्रदान गरिएको थियो । २०१५ मााघ १६ गते स्थापना भएको विद्यालयमा २०७४ माघ १५ देखि १७ सम्म हीरक जयन्ती मनाइएको थियो । २००८ मा ७वर्ष सम्म चौपारीठाँटीमा सञ्चालन भएको विद्यालयलार्य बृटिस आर्मीले स्थापना गरेको डिस्ट्रिक्ट सोल्जर बोर्डबाट ३ हजार ३ सय सहयोग पश्चात २०१५ सालमा विविधत स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक दिवाकर सुवेदीले जानाकारी दिए ।
५७ जना अक्षयकोष दाताले दिएको २४ लाख १५ हजारको व्याजबाट हरेक वर्ष जेहेन्दार तथा गरिब छात्रबृत्ति प्रदान गर्ने गरिएको सुवेदीले बताए । उनले अक्षयकोष दाताले दिएको रकमको ५० प्रतिशत व्याजले हरेक वर्ष १ देखि ५ कक्षा सम्मका विद्यार्थीलाई स्टेसनरी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई डे«स र शिशुदेखि कक्षा २ सम्मका विद्यार्थीलाई खाजाको प्रबन्ध मिलाइएको उनले बताए । विद्यालयमा अक्षयकोष कोषदाताबाट दिएको रकमको ५० प्रतिशत व्याज स्वयं अक्षयकोष दाताले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने शिक्षक विष्णुप्रसाद रेग्मीले जानकारी दिए ।
२ सय १२ पेजको हीरक वर्ष स्मारिकामा खण्ड क र ख विद्यालयबो स्थापनादेखि हाल सम्मको चिनारी, लेख रचना राखिएको छ भने खण्ड ग मा विद्यालयमा स्थापना गरिएको अक्षयकोषको विवरण, खेल मैदान पुनर्निर्माणको लागि प्राप्त सहयोग दाताको नाम र अब्राहम लिंकनको पत्रलाई समेटिएको छ । खण्ड घ मा हीरक जयन्ती र विभिन्न अवसरमा गरिएका कार्यक्रमका तस्बिरलाई राखिएको छ ।
सम्बन्धित खबर
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
स्याङ्जाका पालिकामा बेरुजु घट्यो, अझै १३ करोडभन्दा बढी हिसाब मिलेन
सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ
पाँच–दस मिनेटमै नागरिकता, स्याङ्जा प्रशासनको नयाँ प्रणालीले घटायो लाइन र भनसुन
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’