काठमाडौं । नेपालका पर्वतीय पर्यटनको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले देशको पर्यटकीय राजधानी पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको जनाएको छ। महासचिव विनोद सापकोटाद्वारा जारी विज्ञप्तिमा माघ १ गते आइतबार बिहान १०ः३२ बजे काठमाडौँदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर ७२ ५०० विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको जनाइएको हो।
“कोरोना भाइरसको महामारीबाट भर्खरै तङ्ग्रिँदै गरेको नेपालको पर्यटन क्षेत्रमा हवाई दुर्घटनाले अपूरणीय क्षति पुगेको छ”, टानद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भर्खरै मात्र नयाँ विमानस्थलको निर्माण सम्पन्न भई उडान शुभारम्भ भएको र पर्यटकीय राजधानीको रुपमा रहेको पोखरामै भएको दुर्घटनाले नेपालको हवाई क्षेत्रमा मात्र नभइ देशको समग्र पर्यटन क्षेत्रमा नै ठूलो धक्का लागेको महासचिव सापकोटाले बताए ।
टानका अध्यक्ष निलहरि बाँस्तोलाले नेपाली आकाश र नेपालको हवाई क्षेत्र सुरक्षित राख्न राज्यले महत्वपूर्ण कदम चाल्ने बताए । आगामी दिनमा यस्ता दुर्घटना कसरी कम गर्न सकिन्छ भन्नेबारे राज्यको जिम्मेवार निकायले गहनरुपले सोचेर कदम चाल्ने उनको भनाइ थियो । यती एयरलाइन्सको पोखरामा भएको विमान दुर्घटनाबाट नेपाल वायुसेवा निगमका पदाधिकारी स्तब्ध भएको जनाइएको छ । निगमले आज एक सूचना प्रकाशित गरी उक्त एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२ ५०० विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनाबाट निगमका समग्र पदाधिकारी स्तब्ध भएको बताइएको हो ।
यस्तै. होटल सङ्घ नेपालले पनि विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
“सङ्घ र यस अन्तर्गत देशैभर रहेका क्षेत्रीय संघ संस्था स्तब्ध भएका छौँ”, हानले जारी विज्ञप्तिमा भनिएको छ, “यस शोकको घडीमा दुर्घटनामा दिवंगत भएका यात्रुहरु तथा चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।”
दुर्घटनाबाट नेपाली आकाश असुरक्षित भएको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह भएको हुँदा यसबाट हवाई क्षेत्रमा मात्र नभई सिङ्गो राष्ट्र र पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने निश्चित भएको भन्दै नेपाली आकाश सुरक्षित बनाउनु राज्यको कर्तव्य र हामी सबै सरोकारवालाहरुको दायित्व भएको जारी विज्ञप्तिमा भनिएको छ।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह