पोखरा म्याराथनमा सहभागिताका लागि खेलाडी दर्ता समय थप गरिएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने १७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको खेलाडी दर्ता समय थप गरेको हो ।
माघ २९ गते सम्म दर्ता मिति रहेकोमा फागुन ३ गतेसम्मका लागि थप गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका छन् । विभिन्न जिल्लाका धावकहरु पोखरा म्याराथनमा आउन चाहना राखेकोले दर्ता समय थप गरिएको बताउँदै पोखरा म्याराथन अन्तर्गत हुने ७ वटा इभेन्टहरु एकै पटक एकै समयमा हुने बताए ।
‘पोखराकै ब्राण्डकाे रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा दर्ता गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।’ – अध्यक्ष पराजुलीले भने– ‘पूर्व मेचीदेखि महाकालीसम्म सातै प्रदेशबाट धावकहरु आउन चाहेका छन् । हामीले सोही अनुरुप फागुन ३ गते सम्मका लागि समय थपेका छौं ।’
पोखरा म्याराथन नेपालकै जेठो म्याराथन हो भने सर्वाधिक पुरस्कार राशीको म्याराथन समेत हो । आयोजकले पुरस्कारका लागि मात्रै १७ लाख ५२ हजार खर्च गर्दैछ भने दौड पुरा गर्नेलाई फिनिशर मेडल समेत प्रदान गर्दैछ ।
पोखरा म्याराथनका लागि मञ्चले प्रचारात्मक अभियानलाई तिव्र पारेको छ ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ