पोखरा म्याराथनमा सहभागिताका लागि खेलाडी दर्ता समय थप गरिएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने १७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको खेलाडी दर्ता समय थप गरेको हो ।
माघ २९ गते सम्म दर्ता मिति रहेकोमा फागुन ३ गतेसम्मका लागि थप गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका छन् । विभिन्न जिल्लाका धावकहरु पोखरा म्याराथनमा आउन चाहना राखेकोले दर्ता समय थप गरिएको बताउँदै पोखरा म्याराथन अन्तर्गत हुने ७ वटा इभेन्टहरु एकै पटक एकै समयमा हुने बताए ।
‘पोखराकै ब्राण्डकाे रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा दर्ता गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।’ – अध्यक्ष पराजुलीले भने– ‘पूर्व मेचीदेखि महाकालीसम्म सातै प्रदेशबाट धावकहरु आउन चाहेका छन् । हामीले सोही अनुरुप फागुन ३ गते सम्मका लागि समय थपेका छौं ।’
पोखरा म्याराथन नेपालकै जेठो म्याराथन हो भने सर्वाधिक पुरस्कार राशीको म्याराथन समेत हो । आयोजकले पुरस्कारका लागि मात्रै १७ लाख ५२ हजार खर्च गर्दैछ भने दौड पुरा गर्नेलाई फिनिशर मेडल समेत प्रदान गर्दैछ ।
पोखरा म्याराथनका लागि मञ्चले प्रचारात्मक अभियानलाई तिव्र पारेको छ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’