पोखरा, ५ असार । जुन २१, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रम गरिने भएको छ । संयुक्त राष्ट्र संघले सन् २०१४ पछि मनाउन थालेको यो दिवसमा विश्वमा विभिन्न कार्यक्रम आयोजना गरिन्छन् । चौथौं अन्तर्राष्ट्रिय योग दिवसमा प्रभातफेरि, योग प्रशिक्षण लगायतका कार्यक्रम गरिने पतञ्जली योग समिति, प्रदेश ४ समितिले जानकारी दिएको छ ।
मंगलबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी समितिका अध्यक्ष दिपकराज सिग्देलले दिवसको अवसरमा बुधबार प्रभातफेरि कार्यक्रम गरिने जनाए । मानवअधिकार चोक चिप्लेढुंगादेखि सुरु हुने प्रभातफेरि न्युरोड, सभागृहचोक, हुँदै सिर्जनाचोक पुगेर टुंगिनेछ ।
यस्तै, योग दिवसका दिन विहीबार बिहान योगका प्रक्रियाहरु सम्बन्धमा वृहत प्रशिक्षण कार्यक्रम हुनेछ । सिर्जनाचोक स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म कार्यक्रम हुने समितिका सचिव विश्वमणि तिवारीले जानकारी दिए । यहाँ योग दिवस मनाउन समिति अध्यक्ष सिग्देलको अध्यक्षतामा आयोजक समिति गठन गरि त्रिदिवसीय कार्यक्रमका साथ मनाउन लागिएको हो ।
योग प्रशिक्षक रश्मी अधिकारी भण्डारीले योग दिवसको विशेष कार्यक्रममा उपस्थितिका लागि सबैलाई अनुरोध गरिन् । योगका विभिन्न विधाहरुको माध्यमबाट मानिसको स्वास्थ्यमा शारीरिक, मानसिक र अध्यात्मिक रुपमा सकारात्मक प्रभाव पार्ने योगलाई अवलम्वन गर्न सबैलाई अनुरोध समेत गरिन् ।

सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?