पोखरा । विहीबार २१ जुन, चौथो अन्तर्राष्ट्रिय योग दिवस । यस दिवसको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गरियो । पतञ्जली योग समिति, प्रदेश ४ समितिले त्रिदिवसीय कार्यक्रम अन्तगर्त दिवसका अवसरमा योगका प्रक्रियाहरु सम्बन्धमा वृहत प्रशिक्षण कार्यक्रम ग¥यो ।
सिर्जनाचोक स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म योग कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले योग मानव स्वास्थ्यका लागि अत्यन्त आवश्यक रहेको बताए । उनले व्यस्त दैनिकीका बीच पनि आफ्नो स्वास्थ्यका लागि समय छुट्याउन आवश्यक रहेको बताउँदै स्वस्थ जनशक्तिले मात्र मुलुक समृद्धि हुने बताए ।
सो अवसरमा राजश्व कार्यालयका केशव उप्रेति, प्रदेश सांसद मीना गुरुङ लगायतको उपस्थिति थियो । प्रदेश समितिका अध्यक्ष दिपकराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कास्की समितिका अध्यक्ष परमेश्वर दाहालले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव विश्वमणि तिवारीले गरेका थिए ।
संयुक्त राष्ट्र संघले सन् २०१४ मा विश्वभर जुन २१ तारिखमा दिवस मनाउने निर्णयपछि विभिन्न कार्यक्रम गर्दै दिवस मनाउँदै आएको छ । मंगलबार पत्रकार सम्मेलन तथा बुधबार प्रभातफेरि आयोजना गरिएको थियो । योग प्रशिक्षक रश्मी अधिकारी भण्डारीले कार्यक्रममा उत्साहजनक सहभागिता रहेको जानकारी दिईन् ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो