सुन्दर कुमार थकाली , मुस्ताङ । यसवर्षको माध्यमिक शिक्षा (एस.ई.ई.) परिक्षामा हिमालपारीको जिल्ला मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिका वडा नं.२ जनआदर्श मावि कोवाङमा अध्ययनरत छात्रा निकिता हिराचनले मुस्ताङ टप गर्न सफल भएकी छिन् । जिल्लामा रहेका ८ बिद्यालयका १ सय ३९ जना एस.ई.ई. परिक्षार्थीलाईपछि पार्दे छात्रा हिराचन पहिलो बनेकी हुन् ।निकिताले एस.ई.ई. २०७४ अन्तर्गत भएको परिक्षामा जिपिए ए प्लस ल्याएकी हुन् ।
म्याग्दीको पोखरेबगर घर भएकी निकिता हिराचनले कुल बिषय मध्ये ७ वटा बिषयमा ए प्लस ,२ वटा बिषयमा ए र १ बिषयमा बि गरि जिपिए ३.८४ अंङ्क प्राप्त गरेकी हुन् ।जनआदर्श माध्यमिक बिद्यालय कोवाङले एस.ई.ई. परिक्षामा १६ जना बिद्याथीे सामेल गराएको बिद्यालयले जनाएको छ । मुस्ताङबाट १ सय ४० जना परिक्षार्थीले एस.ई.ई. परिक्षा दिएकोमा २१ जना बिद्यार्थीले जिपिए ए ग्रेडमा मा उर्तिण गरेका छन् । त्यस्तै, ४६ जनाले जिपिए बि प्लस,५४ जनाले जिपिए बि ,१४ जनाले जिपिए सि प्लस,१ जनाले जिपिए सि र २ जना बिद्यार्थीले जिपिए डि प्लसमा उर्तिण गरेका हुन् ।
जनआदर्श माध्यमिक बिद्यालय कोवाङबाट जम्मा १६ जना बिद्यार्थीले एस.ई.ई. परिक्षा दिएकोमा ८ जना बिद्यार्थीले जिपिए ए ग्रेडमा र ७ जना बिद्यार्थीले जिपिए बि प्लसमा उर्तिण गर्न सफल भएका हुन् ।त्यस्तै धवलागिरी आवासिय मावि जोमसोमबाट २९ जनाले एस.ई.ई. परिक्षा दिएकोमा ८ जनाले जिपिए ए,१३ जनाले जिपिए बि प्लस ,७ जनाले जिपिए बि र १ जनाले जिपिए सि ,जनहित मावि जोमसोमबाट २८ जना बिद्यार्थीले एस.ई.ई. दिएकोमा ३ जनाले जिपिए ए ,८ जनाले जिपिए बि प्लस ,१६ जनाले जिपिए बि र १ जनाले जिपिए सि प्लस,जनवाल मावि मार्फाबाट ५ जनाले एस.ई.ई. दिएकोमा ४ जनाले जिपिए बि प्लस र १ जनाले जिपिए बि,ज्ञानोदय मावि लेतेबाट १७ जना बिद्यार्थीले एसईई परिक्षा दिएकोमा ३ जनाले जिपिए बि प्लस,१० जनाले जिपिए बि र ४ जनाले जिपिए सि प्लस,योगेन्द्र मावि टुकुचेबाट २२ जनाले एस.ई.ई. परिक्षा दिएकोमा १० जनाले जिपिए बि प्लस,१० जनाले जिपिए बि र २ जनाले जिपिए सि प्लस ,जनशान्ति मावि कागबेनीबाट १० जना बिद्यार्थीले एसईई परिक्षा दिएकोमा २ जनाले जिपिए ए ,४ जनाले जिपिए बि र ४ जनाले जिपिए सि प्लस र उपल्लो मुस्ताङको दिब्यदिप मावि छोसेरबाट ९ जनाले एस.ई.ई. परिक्षा दिएकोमा १ जनाले जिपिए बि प्लस,६ जनाले जिपिए बि र २ जनाले जिपिए सि प्लसमा उर्तिण गरेका छन् ।
यसवर्ष एस.ई.ई. परिक्षा दिएका मध्ये १ जना बिद्यार्थीको परिक्षाफल प्राविधिक कारणवस रोकिएको छ ।जोमसोमको जनहित माविबाट ३ जना परिक्षार्थीले खुल्ला परिक्षा दिएकोमा १ जनाले जिपिए सि र २ जनाले जिपिए डि प्लसमा उर्तिण गरेका छन् ।एसईई परिक्षा २०७४ अन्तर्गत धौलागिरी आवासिय मावि जोमसोमले सबैभन्दा धेरै २९ जना परिक्षार्थी सामेल गराएको हो भने जनवाल मावि मार्फाले सबैभन्दा कम ५ जना मात्र बिद्यार्थी सामेल गराएको जिल्ला शिक्षा बिकास समन्वय ईकाई प्रमुख मतिलाल चपाईले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी सिडियो शिशिर पौडेलले जनआदर्श मावि कोवाङका प्रधानाध्यापक टिकाराम शर्मालाई टेलिफोन मार्फत एस.ई.ई. परिक्षाको नतिजा रामा्रे भएकोमा बधाई तथा सुभकामना व्यक्त गरेका छन् ।यस्तै नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दर कुमार थकालीले पनि टेलिफोन मार्फत बिद्यालयलाई बधाई दिएका छन् ।
सम्बन्धित खबर
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
मार्चेः मुस्ताङको एक लुकेको स्वर्ग [फोटो फिचर]
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’