किरण श्रेष्ठ, तनहुँ । ‘मिस तनहुँ’को ताज रोबिना आलेले पहिरिन सफल भएकी छन् । उत्तरशिला चलचित्र हलमा शनिबार साँझ सम्पन्न मिस तनहुँको सिजन ३ मा ९ जना प्रतियोगीलाई पछि पार्दै म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादी निवासी १६ वर्षकी रोबिनाले उपाधी चुमेकी हुन् । प्रतियोगितामा अनिता अधिकारी फस्ट रनरअप भइन् । सेकेन्ड रनरअपको उपाधी तपस्या शाहले जितिन् । त्यसैगरी भ्युअर चोइस अवार्ड सिर्जना परियारले जितिन् ।
मिस तनहुँको उपाधी संगै आलेले बेस्ट वाक र मिस फोटोजेनिकको उपाधी समेत जितिन । त्यस्तै अनिता अधिकारीले मिस पपुलर र मोस्ट ब्युटिफुल, तपस्या शाहले मिस कन्फिडेन्ट र बेस्ट प्रश्नालिटी, अञ्जली सुनारले बेस्ट स्किन र मिस पङ्चुअल, सिर्जना परियारले बेस्ट हेयर, पुनम अधिकारीले मिस कन्फिडेन्ट, बेस्ट फिगर र मिस फ्रेन्डली मेनाज खान, मिस ट्यालेन्ट सुस्मिता मानन्धर, मिस डिसिपिलिन अन्जिता गुरुङ र मोस्ट डेडिकेटेटको उपाधी आरती शर्माले जितेकी छिन ।
प्रतियोगिताको ग्राण्ड फिनालेको निर्णायकहरुमा मिस नेपाल २०१५ की विजेता इभाना मानन्धर, मिस तनहुँ २०१५ की विजेता सुजाना श्रेष्ठ, मध्य नेपाल पर्यटन विकास समितिका अध्यक्ष हरि सिं गुरुङ र जकसन डट कमका प्रमुख तथा फोटोग्राफर भुपाल कुमार गुरुङ रहेका थिए ।
रोबिना आलेले यामाहाको फेसिनो स्कुटर प्राप्त गरेकी छन् । प्रतियोगिताको फस्ट रनरअपले सात हजार नगद चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो र सेकेण्ड रनरअपले पाँच हजार नगद चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो प्राप्त गरेका छन् । डाफे मल्टिमिडियाको आयोजनामा प्रतियोगिता भएको हो । उक्त ग्राण्ड फिनालेको प्रमुख अतिथि व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने र विशिष्ट अतिथि व्यास ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठ रहेका थिए । नारीहरुको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम भएकोले राम्रो रहेको प्रमुख अतिथि न्यौपानेले बताए । कार्यक्रममा मोडल सरस्वती श्रेष्ठ र विवेक गुरुङले आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको फोटोग्राफी पार्टनरको रुपमा आगमन फोटोग्राफी रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजक मोर्डन अटो वर्क दमौलीले गरेको थियो । जिल्लामा छरिएर रहेका युवतीहरुको आन्तरिक प्रतिभालाई उजागार गरि आत्मनिर्भर बनाउन ‘मिस तनहुँ’ को आयोजना गरिएको आयोजक संस्थाकी सन्जु घलेले बताइन । १६ देखि ३० वर्ष उमेर समुहका अविवाहित युवतीले भाग लिन पाउने प्रतियोगीतामा प्रतियोगी एक महिने बन्द प्रशिक्षण सहित फाइनलमा उत्रेका हुन ।
सम्बन्धित खबर
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द
गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरेविरुद्ध पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’