पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को तयारीमा तिव्रता दिइएको छ । आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना गरिने अवार्ड कार्यक्रमलाई सफल बनाउन शुक्रबार मञ्चका पूर्व अध्यक्ष, सल्लाहकार सहितको छलफल बैठक सम्पन्न भएको छ । बैठकमा अवार्ड कार्यक्रमलाई कसरी व्यवस्थित रुपमा सम्पन्न गर्ने भन्नेबारेमा छलफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा सरुमा चुलो सभागृहचोकमा भएको छलफल बैठकमा संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पूर्व अध्यक्ष तथा सल्लाहकार विनोद लामिछाने, पूर्व अध्यक्ष केशव पाठक, सल्लाहकार रञ्जन अधिकारी क्षेत्री, पूर्व सल्लाहकार सन्देश श्रेष्ठ, वर्तमान उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशीकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर, सदस्य राजु गिरी, सुदर्शन रञ्जित, सागरराज तिमिल्सिना लगायतले अवार्ड कार्यक्रमका विभिन्न पाटोका बारेमा आफ्नो भनाई राखेका थिए ।
गण्डकी प्रदेशकै गौरवको रुपमा रहेको अवार्ड कार्यक्रमको निरन्तरतासँगै यसको गरिमालाई थप उचाइमा पु¥याउन गर्नुपर्ने तयारीको बारेमा मिहिन ढंगले छलफल भएको मञ्चका प्रवत्ता समेत रहेका महासचिव पौडेलले जनाए ।
कार्यक्रमलाई भव्य बनाउन तथा मञ्चमा आवद्ध सबै सदस्यलाई सक्रिय बनाउन शनिबार भेलाको आयोजना समेत गरिएको उनले जनाए । सोही भेलाबाट विभिन्न उपसमिति गठन गरेर तयारीमा थप तिव्रता दिने मञ्चले जनाएको छ ।
सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिनेछ ।
अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका लगायतले सहयोग गर्ने तय भैसकेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चले जनाएको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर