पोखरा। नेपाल मगर संघ, गलेश्वर इकाई समिति पोखरा -१५ को अध्यक्षमा हिमाल आले मगर सर्वसम्मत चयन भएका छन् । संघको प्रथम अधिवेशनले आले मगरलाई सर्वसम्मत चयन गरेको हो।
संस्थाको उपाध्यक्षमा मिना थापा मगर, कोषाध्यक्षमा मनमाया थापा मगर, सचिवमा मिरा बुढा र सहसचिवमा शम्भु राना मगर छन् ।
यसै गरी सदस्यहरूमा पदम बुढा, दिलु राना मगर, गोमा थापा मगर, सुशीला थापा मगर, उमा थापा मगर, हेमा आले मगर, मोहन राना मगर, मुक्तिश्वर थापा मगर, मनोज राना मगर र अर्जुन थापा मगर चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीकी अध्यक्ष तथा प्रमुख अतिथि सङ्गीता पुन मगरले कास्कीका विभिन्न भागमा छरिएर रहेका मगरहरूलाई गोल बन्ध गरी आफ्नो भेसभुसा, भाषा र संस्कृतिको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको बताइन्। उनले मगर समुदायको आफ्नै गौरवशाली इतिहास र सभ्यता रहेको भन्दै संघमा आबद्ध भइसकेपछि इकाई हरूले गर्नुपर्ने काम कर्तव्य र प्रक्रियाका बारे बताइन्।
यस्तै, विशिष्ट अतिथि नेपाल मगर संघ सांस्कृतिक विभाग प्रमुख गोविन्द पुन मगरले नेपालमा आदिवासी मध्येको सबैभन्दा धेरै सङ्ख्या मगरहरूको रहेको भन्दै आफ्नो भाषा संस्कृतिको संरक्षणका लागि हामीले नै पहल गर्नुपर्ने बताए।
नेपाल मगर संघ सङ्गठन विभाग प्रमुख भक्त पुन मगरले कास्कीमा अहिलेसम्म मगर संघका ४० वटा इकाई बनिसकेको जानकारी दिँदै गलेश्वर इकाई समिति ४१ इकाई समिति रहेको बताए। उनले कास्कीमा धेरै मगरहरूको बसोबास रही आएको पाइए पनि मगरहरू एकत्रित हुन नसक्दा प्राविधिक, शैक्षिक तथा आर्थिक हिसाबले पछाडि परेको बताए।
नेपाल मगर संघ जिल्ला समन्वय समितिका कोषाध्यक्ष चन्द्र पुर्जा मगरले गलेश्वर इकाई समितिका नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिए।
नेपाल मगर संघ पोखरा महानगरपालिकाका अध्यक्ष ओम श्रीस मगरले आफ्नो थातथलो छोडेर पोखरा आई बसोबास गरिसकेपछि हामीलाई समाज चाहिन्छ, समाजको निर्माण गर्नुपर्छ भनेर गलेश्वर मगर समाज नेपाल मगर संघको इकाईमा आउनु सराहनीय कार्य भएको बताए।
कार्यक्रममा गलेश्वर समाजका संस्थापक तथा ज्येष्ठ सदस्यहरू वीर बहादुर राना, प्रेम सारू, रेशम प्रसाद बुढा, यमन सिंह आले र विष्णु राना लगायत समाजलाई सहयोग स्वरूप करुवा लगायतका सामग्री प्रदान गर्ने सदस्य द्वय लालसुवी बुढा र सुशीला थापा मगरलाई सम्मान गरिएको थियो।
सभापति शोभित बहादुर सारूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिरा बुढा मगरले गरेकी थिइन् भने डिल बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा