पोखरा । अनलाइन पत्रकार संघ गण्डकीले आगामी बैशाख २ गतेदेखि ४ गतेसम्म आयोजना गर्ने अनलाइन पत्रकारिता तालिमको तयारी तीब्र पारेकाे जनाएकाे छ । मंगलबार बसेको संघको बैठकले तालिम संयोजकसहित विभिन्न ६ वटा उपसमितिहरु पनि गठन गरेको छ ।
संघका अध्यक्ष गणेश बराललाई संयाेजक चयनका साथै तालिमलाई व्यवस्थित र थप उपलब्धिमुलक बनाउन अध्यक्ष बरालकै संयोजकत्वमा रोहित बस्नेत र निरज बसौला सदस्य रहेको यातायात, आवास, खाना तथा अतिथि व्यवस्थापन उपसमिति बनाएको छ ।
त्यस्तै, उपाध्यक्ष सन्तोष बस्यालको संयोजकत्वमा सचिव प्रल्हाद चन्द्र घिमिरे र कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) सदस्य रहेको कार्यक्रम तथा मञ्च व्यवस्थापन उपसमिति, सचिव प्रल्हाद चन्द्र घिमिरेको संयोजकत्वमा कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) र सुरेशराज अधिकारी सदस्य रहेको प्रतिवेदन लेखन उपसमिति गठन गरेको छ ।
त्यस्तै, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) को संयोजकत्वमा सञ्जय आचार्य र प्रविण मगर सदस्य रहेको अर्थ व्यवस्थापन उपसमिति चयन गरेकाे छ । तालिम संचालनका क्रममा आइपर्ने विविध समस्या तत्काल समाधान गर्नका निम्ति संघका कार्यसमिति सदस्यहरु ऋषिराम दाहाल, दिपकराज गिरी, शिव न्यौपाने, शेखर कोइराला र सरिता गुरुङ रहेकाे क्विक रेस्पोन्स टीम बनाइएकाे छ ।
संस्थाका सल्लाहकार रञ्जन अधिकारीको संयोजकत्वमा सागरराज तिमिल्सिना र प्रकाश ढकाल सदस्य रहेको तालिम सहभागी व्यवस्थापन एवं मूल्यांकन उपसमिति गठन गरिएको छ । याे समितिले तालिम लिनेहरूकाे छनाैट तथा उपसमितिकाे कार्य मूल्यांकन एवं अनुगमन गर्नेछ ।
पोखरामा रहेर अनलाइन पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि आयोजना गर्न लागिएको तालिममा पत्रकार आचारसंहिता, तथ्य जाँच, अनलाइन पत्रकारिता र लेखनवृत्ति सम्बन्धी सेशनहरु रहने संघका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिए। तालिम पोखराको सिर्जनाचोकमा रहेको साइमन पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु