पोखरा। डढेलो र प्रदूषणका कारण पोखरा सहित देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्याधिक बढेर भिजिबिलिटी कम हुँदा विगत ४ दिनदेखि पोखराको हवाई उडान तथा अवतरण प्रभावित बनेको छ।
दैनिक तीन हजार यात्रुको आवतजावत हुने पोखरा अन्तराष्ट्रिय विमानस्थलको हवाई उडान वायु प्रदुषणकै कारण भिजिबिलिटी कम भएर प्रभावित बनेको पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता विष्णु अधिकारीले गण्डक न्युजलाई बताए।
अधिकारीका अनुसार पोखराको आकासको अहिलेको भिजिबिलिटी १५०० मिटर छ। आँखाले हेरेर उडान गर्ने (भिएफआर) प्रविधिबाट उडान भर्न ५ हजार मिटर भिजिबिलिटीको आवश्यक पर्छ भने, यान्त्रिक उडान भर्ने (आइएफआर) जहाजका लागि ३ हजार सात सय मिटर आवश्यक पर्छ।

यस्तै विमानस्थलको टावर कन्ट्रोलरका अनुसार चार दिन देखि पोखराबाट हुने उडान अवतरण प्रभावित बनेको छ। शुक्रबार बिहान पोखरा विमानस्थलबाट एउटा मात्र उडान भएकोमा त्यसपछि कुनैपनि उडान अवतरण हुन सकेको छैन।
यता, वन विभागको तथ्यांकअनुसार अहिले देशका ९२ स्थानमा डढेलो लागिरहेको छ । विभागको अनलाइन फायर अलर्ट गर्ने मोडिस प्रणाली अनुसार प्युठानका १५ , चितवनका १४ र पर्साका १० मा डढेलो लागिरहेको छ भने पाल्पाका ७, दाङका ६ र गोर्खाका ५ स्थानमा डढेलो सक्रिय छ ।
वातावरण विभागका अनुसार डढेलो र प्रदूषणका स्थानिय स्रोतका कारण देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको पाइएको छ । यसमा पनि बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको विभागले जनाएको छ ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा