पोखरा। डढेलो र प्रदूषणका कारण पोखरा सहित देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्याधिक बढेर भिजिबिलिटी कम हुँदा विगत ४ दिनदेखि पोखराको हवाई उडान तथा अवतरण प्रभावित बनेको छ।
दैनिक तीन हजार यात्रुको आवतजावत हुने पोखरा अन्तराष्ट्रिय विमानस्थलको हवाई उडान वायु प्रदुषणकै कारण भिजिबिलिटी कम भएर प्रभावित बनेको पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता विष्णु अधिकारीले गण्डक न्युजलाई बताए।
अधिकारीका अनुसार पोखराको आकासको अहिलेको भिजिबिलिटी १५०० मिटर छ। आँखाले हेरेर उडान गर्ने (भिएफआर) प्रविधिबाट उडान भर्न ५ हजार मिटर भिजिबिलिटीको आवश्यक पर्छ भने, यान्त्रिक उडान भर्ने (आइएफआर) जहाजका लागि ३ हजार सात सय मिटर आवश्यक पर्छ।

यस्तै विमानस्थलको टावर कन्ट्रोलरका अनुसार चार दिन देखि पोखराबाट हुने उडान अवतरण प्रभावित बनेको छ। शुक्रबार बिहान पोखरा विमानस्थलबाट एउटा मात्र उडान भएकोमा त्यसपछि कुनैपनि उडान अवतरण हुन सकेको छैन।
यता, वन विभागको तथ्यांकअनुसार अहिले देशका ९२ स्थानमा डढेलो लागिरहेको छ । विभागको अनलाइन फायर अलर्ट गर्ने मोडिस प्रणाली अनुसार प्युठानका १५ , चितवनका १४ र पर्साका १० मा डढेलो लागिरहेको छ भने पाल्पाका ७, दाङका ६ र गोर्खाका ५ स्थानमा डढेलो सक्रिय छ ।
वातावरण विभागका अनुसार डढेलो र प्रदूषणका स्थानिय स्रोतका कारण देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको पाइएको छ । यसमा पनि बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको विभागले जनाएको छ ।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते