पोखरा । पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १५, नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङ हुन् ।
पोखरा १७ पावरहाउसस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो साढे ३ बजे उनी डुबेर बेपत्ता भएको खबरपछि उद्धारका लागि प्रहरी पुगेको थियो ।
वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको कमाण्डमा १० सदस्यीय उद्धार टोलीले उनलाई फेला पारी गण्डकी अस्पताल लगेकोमा चिकित्सकले पौने ५ बजे मृत घोषणा गरेका थिए ।
फुस्रेखोलामा वर्षेनी धेरैले ज्यान गुमाउँदै आएका छ । प्रहरीले ठाउँ ठाउँमा चेतावनीयुक्त बोर्ड समेत राखेको थियो । फुस्रेखोलामा पौडिँदा ज्यान जानेबारे बेखबर रहेकाहरु पौडी खेल्ने क्रममा यसरी अकालमा ज्यान गुमाउने गरेका छन् । २०७३ माघ २० गते काठमाण्डौं बुढानिलकण्ठ स्थित भ्याली पब्लिक स्कूलबाट भ्रमणका क्रममा पोखरा आएका बाँसबारीका १६ वर्षीय पेसल घिमिरेले ज्यान गुमाएका थिए ।
सम्बन्धित समाचारः
पोखराको फुस्रे खोलामा डुबेर बर्दघाटका बिमलको मृत्यु
फुस्रेखोलामा बेपत्ता भएका गुरुङको शव फेला
पोखराको फुस्रेखोलामा डुबेर डाक्टरी पढ्दै गरेका भारतीय युवकको मृत्यु
पोखराको फुस्रेखोलामा माछा मार्ने क्रममा बगाएर स्याङ्जाका गुरुङको मृत्यु
पोखरा घुम्न आएकी धुलिखेलकी अनुको फुस्रे खोलामा डुबेर मृत्यु
माछा मार्न जाँदा पोखराकी युनिसाको फुस्रे खोलामा डुबेर ज्यान गयो
पोखराको फुस्रेखोलामा महिलाको शव फेला
पर्वतका पुनको पोखरा फुस्रेखोलामा डुबेर मृत्यु
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते