पोखरा। पोखरामा आइतबार खेलकुद र ध्यान विषयक एक कार्यशाला सम्पन्न भएको छ ।
‘श्री चिनमोई ओननेस होम पिस रन’ नेपालको आयोजना, नेपाल भूतपूर्व खेलाडी मञ्चको समन्वय तथा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमा प्रमुख वक्ताका रुपमा आफ्ना भनाई राख्दै मास्टर श्री चिनमोइका पथ प्रदर्शक तथा ३१०० माइलका धावक प्रदिप होगाकरले खेलकुदमा ध्यान महत्वपूर्ण रहने बताए । उनले भने–“मानवको सफल जिवनका लागि ध्यान जति आवश्यक छ । त्यती नै खेलकुदका लागि पनि । ध्यान मात्रै यस्तो चिज हो जहाँ बाट जिवनको उचाई प्राप्त हुन्छ र जित संगै खुसीयाली पनि ।”
ध्यान र साधनाका कारण ३१०० माइल जस्तो कठिन दौड समयमा पुरा गर्न सकेको तर्फ इगिंत गर्दै डच नागरिक समेत रहेका होगाकरले भने–“खेलकुदमा जित आफू भित्र रहेको शक्तिले मात्रै पुरा हुन सक्दैन । यसका लागि अन्र्तनिहित क्षमता उजगार गर्न ध्यान र साधनाको भूमिका हुन्छ । जसले ध्यान गर्छ उसको जित निश्चित छ ।” सृजनात्मक रचना र समग्रताका लागि समेत ध्यानको आवश्य भएको उनको भनाई थियो ।
कार्यक्रममा गण्डकी विश्व विद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले खेलकुदमा ध्यान अहिलेको परिप्रेक्ष्यमा महत्वपूर्ण हुने बताए । उनले यस प्रकारको कार्यक्रमले जिवनलाई सुन्दर बनाउन र विश्वमा शान्ती स्थापनाका लागि उत्तिकै अपरिहार्य रहेको उल्लेख गरे ।
नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ, ‘श्री चिनमोई ओननेस होम पिस रन’ नेपालकी संयोजक स्वेता प्रधान, मञ्चका महासचिव कृष्ण तिमिल्सिनालगायतले आफ्ना भनाई राखेका थिए ।
सो कार्यक्रममा पोखरा महानगर पालिकाका कार्यबाहक मेयर मोतीराज तिम्सिना, पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, विभिन्न धार्मिक केन्द्रका प्रमुखहरु, प्याब्सन, हिसान, एनप्याब्सन, युनिप्स कास्की, विभिन्न विद्यालयका विद्यार्थीहरु, पूर्व खेलाडीहरु, खेलाडीहरु, प्रशिक्षकहरु लगायत विभिन्न संघ–संस्थाहरुका प्रतिनिधिहरु गरी १ सय ५० जनाको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो