पोखरा । कास्की प्रहरीले चोरीका सामानसहित ४ जनालाई पक्राउ गरेको छ।
यहि वैशाख १५ गते शुक्रबार बिहान अन्दाजी ३ बजे प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका– १६ दिप स्थितसडकमा शंकास्पद अवस्थामा हिँडिरहेका ४ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी नगरपालिका– २ सल्यानटार स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका– ९ पृथ्वीचोक बस्ने वर्ष २१ को राजकुमार परियार, सोही ठाउँ घर भई पोखरा महानगरपालिका– १३ काहुँडाँडा बस्ने वर्ष २४ को बिनोद परियार, गोरखा स्थायी घर भई हाल पोखरा महानगरपालिका– १३ मियापाटन बस्ने वर्ष ३१ को राजकुमार नेपाली र कास्की पोखरा महानगरपालिका– १३ मियापाटन बस्ने वर्ष २५ को अर्जुन नेपाली रहेका छन्।
शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई प्रहरीले सोधपुछ तथा खानतलासी गर्दा उनीहरुको साथबाट ल्याप्टप १ थान, किबोर्ड १ थान, माउस १ थान, चार्जर १ थान विभिन्न कम्पनीका मादक पदार्थ (रक्सी)का बोत्तल ११ थान, पहेँलो तथा निलो रंगका रेडबुल १५ थान, चुरोट ७ बट्टा, विभिन्न कम्पनीका मोबाईल ४ थान, फलामको छड १ थान र उनीहरुले चोरी गरेको ग ५ प २७३५ नम्बरको मोटरसाइकलसहित बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन