पोखरा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. गण्डकी प्रदेशको आयोजनामा वृहत बीमा जागरण गण्डकी–धौलागिरी कार्यक्रम पाेखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि। का मुख्य प्रबन्धक शैलेन्द्र श्रेष्ठले रिलायबल नेपाल लाइफले हासिल गरेका उपलब्धि तथा विभिन्न गतिविधिहरुका बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रमका विशेष अथिति वरिष्ठ हाँस्यकलाकार मनोज गजुरेलले सहभागीहरुलाई भरपुर मनोरञ्जन दिनुका साथै रिलायबल जीवन बीमा सम्बन्धमा जानकारी गराए । करिब ३५० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा विविध प्रतिभा प्रस्फुटन गर्ने क्रममा अभिकर्ता ध्रुव बिपस्वीले पनि आफ्नो गजलद्वारा सहभागीहरुलाई थप मनोरञ्जन दिएका थिए । रिलायबलका ट्रीपल एम डी आर टि मीन बहादुर गुरुङ तथा सिनिएर एजेन्सी मेनेजर एसिएन रोका मगरले आ–आफ्नो व्यवसाय सफलताका अनुभवहरु प्रस्तुत गरेका थिए ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.गण्डकी प्रदेश प्रमुख सरोज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पोखरा शाखा प्रमुख सूर्य सुमन थापाले गरेका थिए । सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै गण्डकी प्रमुख श्रेष्ठले यस्ता कार्यक्रमहरुले व्यवसाय प्रबर्द्धनमा उल्लेख्य उत्प्रेरणा जगाउने कुरामा दुइमत नरहेको बताए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो