पोखरा । पोखराकी सञ्चारकर्मी अनिशा श्रेष्ठ मधेस प्रदेशको ‘रामा यादव पत्रकारिता पुरस्कार–२०७९’ बाट पुरस्कृत भएकी छन् । यस्तै, २०८० काे पुरस्कार प्राइम टेलिभिजनकी सिर्जना कार्कीलाई प्रदान गरिएको छ ।
रौतहडको रेड टेलिभिजनकी सञ्चालिका रामादेवी यादवको कोरोना संक्रमणले मृत्यु भएपछि उनको स्मृतिमा स्थापित पुरस्कार श्रेष्ठ र शर्मालाई प्रदान गरिएको हो ।
यादवको पहिलो वार्षिक पुण्यतिथिको अवसरमा पोहोर नै पुरस्कार घोषणा गरिएको हो । स्थानीय तह निर्वाचनको बीचमा परेका कारण अघिल्लो वर्ष पुरस्कार वितरण गरिएको थिएन । दुवै वर्षको पुरस्कार एकसाथ प्रदान गरिएको छ । पुरस्कारको राशि २६ हजार ५ रुपैयाँ छ ।
पुरस्कृत अनिषा श्रेष्ठ पोखराकाे सिटी वान टेलिभिजनकी प्रबन्ध निर्देशक हुन् । कार्यक्रममा पुरस्कृत श्रेष्ठले सम्मानले कार्य क्षेत्रमा खटिन थप हौसला प्रदान गरेको धारणा राखिन् । समाजले हेर्ने दृष्टिकोण, कार्यक्षेत्रमा हुने विभिन्न खाले असुरक्षालाई पनि प्रतिवाद गर्दै सञ्चारकर्ममा लागेका महिलाहरुको हितका लागि राज्यले विशेष योजना ल्याउनु पर्ने पनि उनको भनाइ थियो । हरेक प्रदेशबाट महिला पत्रकारको नाम सिफारिश भइआएको र निर्णायक समितिले श्रेष्ठलाई पहिलो पुरस्कार दिने निर्णय गरेको जनाइएको छ।
आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले दुवैजनालाई पुरस्कार प्रदान गरे । अध्यक्ष यादवले कोरोना कालमा जोखिम मोलेर पत्रकारिता गर्दै आएका सञ्चारकर्मीले ज्यान गुमाउनु परेको दुखद अवस्थालाई स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई हटाउन प्राधिकरणको स्थापना गरिएको बताए ।
उनले पत्रकारिता पेसा समाजप्रति उत्तरदायी भएर काम गर्नुपर्ने जिकिर गर्दै तराई मधेशका जिल्लाहरुमा देखिएका कुरीतिहरुलाई हटाउँदै स्वच्छ, निष्पक्ष, सत्य पत्रकारिता गर्न आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पत्रकारितालाई मर्यादित बनाउनुपर्ने कुरामा जोड दिँदै कोरोनाले धेरै राम्रा मानिसलाई पनि मृत्युको मुखमा पुर्याएको स्मरण गरे। पत्रकारितामार्फत स्वास्थ्यका साथै अन्य सामाजिक क्षेत्रमा प्रभावकारी जनचेतना विस्तारमा सहयोग पुर्याउन प्रजिअ मिश्रले आग्रह गरेका छन्।
जिल्लाका सुरक्षा निकायका प्रमुखहरुका साथै पत्रकारहरुको उपस्थितिमा भएको पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता पुरस्कार संस्थापक जयप्रकाश यादवले गरेका थिए।

सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो