पाेखरा । पर्यटकीय नगरी पोखराबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय एयरहोस्टेस सहितको क्याविन क्रू प्रशिक्षण सुरु भएको छ ।
पोखराको नयाँबजारमा रहेको एयरलायन्स फ्लाईट एटेण्डेण्ट एकेडेमीले यस नयाँ आर्थिक बर्षको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय एयरहोस्टेस सहितको क्याविन क्रु प्रशिक्षण गराउने तयारी गरेको एकेडेमीका निर्देशक शोभा के.सी.ले बताइन्।

अन्तराष्ट्रिय बजारमा एयरहोस्टेस सहितका क्याविन क्रुको माग भएकोेले त्यसलाई मध्यनजर गरी आफुहरुले अनुभवी प्रशिक्षकहरुबाट ५ महिने क्याविन क्रू तयारी कोर्स र ३ महिने ग्राउन्ड ह्यान्डलिङ कोर्सको तयारी कक्षा संचालन गर्न लागेको उनले बताइन्।
सन् २०१२ मा स्थापना भएको उक्त एकेडेमीले पोखरामा रहि तालिम दिने गरेको छ, भने उक्त एकेडेमीका युवाहरु राष्ट्रिय देखि अन्तराष्ट्रिय गल्फ राष्ट्रका एयरहोस्टेस कम्पनीहरुमा नाम निकाल्न सफल भएको निर्देशक के.सीले जानकारी गराईन । आफुहरुले तालिम लगायत नेपालका आन्तरिक तथा अन्तराष्ट्रिय एयरलाईन्स कम्पनिहरुमा जागिरको लागि समन्वय गर्ने भएको उनले बताइन्।
एयरहोस्टेस परिचालिका बन्नको लागि न्यूनतम प्लस टु उर्तिण गरेको, १८ बर्ष उमेर पुगेको, ५.२ इन्च उचाई हुनु पर्छ भने पुरुषहरुको हकमा भने ५.६ इच्छ उचाई भएको हुनु पर्ने छ । साथै विमान परिचालिका तथा परिचालकहरुमा पर्याप्त सहनशिल, सामान्य ज्ञान र शक्तिको साथ शारीरिक र मानसिक रूपमा तयार हुनुपर्ने निर्देशक के.सी.ले बताईन । दैनिक नयाँ ठाउँ घुम्न र विभिन्न भाषाका मानिसहरूसँग कुराकानी गर्न, यो धेरै रोचक पेशा भएको के.सी.ले बताइन्।

विमान परिचालिका तथा परिचालकहरुले विमान उडानको क्रममा यात्रुहरूको सुरक्षा र आरामको ठूलो जिम्मेवारी लिन्छन्। थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने यो पेशा आकर्षणको रुपमा रहेको निर्देशक के.सी.ले बताइन् ।
सामान्यतया आन्तरिक हवाई उडानमा न्यूनतम ५० हजार देखि एक लाख ५० हजारसम्म तलव हुने गर्दछ भने अन्तर्राष्ट्रिय हवाई उडानमा साँढे दुई लाख देखि ४ लाखसम्म परिचालिका तथा परिचालकको तलव हुन्छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन